मानव खप्परसहित त्यागी र डमरु बाबा पक्राउ २०७० पुष ८ गते २०:२६ मा प्रकाशित ८ पुस, काठमाडौं । पशुपति मन्दिर क्षेत्रस्थित भष्मघाटमा रहेको त्यागी बाबाको आश्रमबाट तीन वटा मानव खप्परसहित त्यागी बाबा र डमरु बाबा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी आश्रममा त्यागी बाबासँग झगडा गर्न गएका डमरु बाबाले मानव खप्परको विषयमा विवाद गरिरहेका बेला सशस्त्र प्रहरी बल पशुपति मन्दिर सुरक्षा बेसबाट नियमित गस्तीमा रहेको एपीएफ टोली पुगेको थियो । डमरु बाबाले उक्त मानव खप्पर आˆनो भएको बताउँदै मागेका थिए भने त्यागी बाबाले आˆनो भन्दै नदिएपछि विवाद सुरु भउको थियो । त्यागी बाबाले एपीएफ टोली समक्ष ती मानव खप्पर मध्ये दुई वटा करीब एक सय वर्ष पुरानो रहेको बताएका छन् । उनले ती मानव खप्पर पहिला पगलानन्द बाबाकोमा रहेको र त्यहाँबाट आफुले ल्याएको कुरा सशस्त्र प्रहरी समक्ष बताएका छन् । मानव खप्पर मध्ये दुई वटामा कालो धुँवा लागेको र पुरानो देखिएको छ । अर्को मानव खप्पर हालसालै मात्र खनेर निकालेको जस्तो देखिएको छ र यसमा माटो टासिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीद्वारा जारी वुलेटिनमा उल्लेख छ । अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ । यसमा तपाइको मत नाम (अनिवार्य) इमेल (अनिवार्य) (गोप्य राखिनेछ) प्रतिक्रिया

पशुपति मन्दिर क्षेत्रस्थित भष्मघाटमा रहेको त्यागी बाबाको आश्रमबाट तीन वटा मानव खप्परसहित त्यागी बाबा र डमरु बाबा पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरी आश्रममा त्यागी बाबासँग झगडा गर्न गएका डमरु बाबाले मानव खप्परको विषयमा विवाद गरिरहेका बेला सशस्त्र प्रहरी बल पशुपति मन्दिर सुरक्षा बेसबाट नियमित गस्तीमा रहेको एपीएफ टोली पुगेको थियो ।
डमरु बाबाले उक्त मानव खप्पर आˆनो भएको बताउँदै मागेका थिए भने त्यागी बाबाले आˆनो भन्दै नदिएपछि विवाद सुरु भउको थियो । त्यागी बाबाले एपीएफ टोली समक्ष ती मानव खप्पर मध्ये दुई वटा करीब एक सय वर्ष पुरानो रहेको बताएका छन् ।
उनले ती मानव खप्पर पहिला पगलानन्द बाबाकोमा रहेको र त्यहाँबाट आफुले ल्याएको कुरा सशस्त्र प्रहरी समक्ष बताएका छन् । मानव खप्पर मध्ये दुई वटामा कालो धुँवा लागेको र पुरानो देखिएको छ । अर्को मानव खप्पर हालसालै मात्र खनेर निकालेको जस्तो देखिएको छ र यसमा माटो टासिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीद्वारा जारी वुलेटिनमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.