चार मानव कंकालको प्रतिवेदन आयोगमा
दश वर्ष अघि रुन्दकालमा धनुषाको गोदार गाविसमा हत्या गरी गाडिएका पांच युवा मध्ये चारजनाको शव उत्खन्नको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा आएको छ । जनकपुरको विश्वकर्मा चोक स्थित कटैया चौरीबाट वि.स. २०६० असोज १ गते पांच जना युवालाई सुरक्षाकर्मीले पक्राउ गरे लगतै हत्या गरी धनुषा जिल्लाको गोदार गाविसको कमला नदी किनारमा गाडेका थिए ।
राष्टिूय मानव अधिकार आयोगमा पिडीत परिबारहरुले दिएको उजुरीको आधारमा २०६७ भदौ २१ गते देखि शव गाडिएको भनी आशंका गरिएको तल्लो गोदार गाविसको वडा नम्वर ३ स्थित कमला नदीको किनारमा वैज्ञानिक विधिरुारा मानव अवशेष खोज्दा प्रथम चरणमा ४ जनाको अवशेष फेला परको थियो । फेला परेको मानव कंकाल मध्ये ३ वटा पूर्ण थियो । टाउको देखि पैतालासम्मका कंकाल थियो भने एउटाको टाउको क्षतविक्षत रहेको अवस्थामा थियो । तर शरिरको अन्य भागको कंकाल भने थियो ।
फेला परेका सबै कंकालहरुलाइ विशेषज्ञहरुबाट उत्खन्न गरी मानव कंकाल र हत्या गरिएको अन्य केहि प्रमाणहरु फेला परेको थियो । कंकालसँगै केहि गोली र गोलीका खोकाहरु समेत फेला परेको थियो ।
आशंका गरिएको स्थानमा वैज्ञानिक विधिद्वारा टूेन्च बनाई उत्खनन गर्दा २०६७ भदौ २३ मा पहिलो, २४ मा दोस्रो, २५ मा तेस्रो र भदौ ३१ मा चौथो कंकाल फेला परेको थियो ।
राष्टिूय मानव अधिकार आयोगका सचिव वेद भटट्राईले जनाए अनुसार उत्खन्न पछि प्राप्त कंकालहरुलाई वैज्ञानिक परीक्षणका लागि फिनल्याण्ड फरेन्सिक विश्व विद्यालयमा पठाइएको थियो । तीन वर्ष अघि पठाइएको सो अवशेषहरुको परीक्षणको प्रतिवेदन प्राप्त भएको सचिव भटट्राईले जनाए ।
दोस्रो चरणमा उत्खन्नका क्रममा प्राप्त मानव अवशेषका परीक्षण परिणाम प्राप्त नभएको कारण तत्काल परीक्षण परिणाम सार्वजनिक गर्नमा व्यवहारिक समस्या रहेको पनि उनले जनाए ।
जनकपुर नगरपालिका वडा नम्वर १० का संजीव कुमार कर्ण र दुर्गेस लाभ, वडा नम्वर ४ का जीतेन्द्र झा, कुर्था गाविस वडा नम्वर १ का प्रमोद नारायण मण्डल र दुहवी गाविस वडा नम्वर ७ का शैलेन्द्र यादवलाई पक्राउ गरी वेपत्ता पारी हत्या गर्दै कमला नदी किनारमा गाडेका थिए ।
पीडित परिवारहरुले आयोगमा उजुरी दिएपछि आयोगबाट भएको अनुसन्धानबाट सुरक्षाकर्मीले गैरन्यायीक हत्या गरेको ठहर गरी वि.स. २०६४ माघ १५ गते दोषीलाई कारवाही गर्न र पडितका परिवारलाई क्षतिपुर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस समेत गरेको थियो । आयोगको अनुसन्धान टोलीको प्रतिवेदनको आधारमा तत्कालीन आयोगका सदस्य गौरी प्रधानको संयोजकत्वमा विशेषज्ञ समेत १८ सदस्यीय टोलीद्वारा उत्खन्न गरिएको थियो ।
टोलीमा फिनल्याण्डका फरेन्सिक विशेषज्ञ, जर्मन विकास संस्था, पुरातत्व विभाग, महाराजगंज फरेन्सिक मेडिसिन विभाग, राष्टिूय फरेन्सिक प्रयोगशालाका विशेषज्ञ, मानव अधिकारका पूर्व सदस्य तथा नागरिक समाजका प्रतिनिधि, राष्टूसंघीय मानव अधिकार उच्चायुक्तको नेपाल स्थित कार्यालयका प्रतिनिधिको रोहबर उक्त उत्खन्न कार्य गरिएको थियो ।
पाच मध्ये चार अवशेष फेला परेपनि बांकी रहेको अर्को अवशेषको खोजी ६ महिना पछि फागुनमा गर्दा फेला परेको थियो । प्राप्त अवशेषहरुलाई यथास्थितिमा निकाली प्याक गरी शिलबन्दी समेत लगाइएको थियो ।
मानव अवशेषहरुको पहिचानका लागि फिनल्याण्ड फरेन्सिक विश्व विद्यालयबाट गरिएको वैज्ञानिक परीक्षणको प्राप्त प्रतिबेदन र नेपालका विशेषज्ञहरुबाट प्राप्त परिणामको विश्लेषण तथा अनुसन्धान गरी सार्वजनिक गरिने सचिव भट्टराईले जनाए ।
उक्त हत्याको मुख्य जिम्मेबार मानिएका तत्कालिन धनुषा जिल्ला प्रहरी प्रमुख कुबेरसिंह राना प्रहरी महानिरीक्षक पदबाट समेत अवकास प्राप्त गरिसकेकाछन । उनलाई महानिरीक्षक बनाउन नहुने भन्दै बिभिन्न अधिकारकर्मी संघसंस्थाहरुले बिरोध समेत गरेका थिए ।

0 comments
Write Down Your Responses