कर्मचारीको खल्तीमा ‘दलाल’को मोवाइल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनालीसहित कर्मचारी, वैदेशिक रोजगार व्यवसायी र विचौलिया गरी ६४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
‘वैदेशिक रोजगार र श्रम विभागका अधिकांश कर्मचारीका लागि व्यवसायी तथा दलालले सिमकार्ड र मोवाइल किनेर दिने गरेको भेटिएको छ,’ स्रोतले भन्यो, ‘अतिरिक्त आम्दानीका लागि आफूले गर्ने गतिविधि पहिचान नहोस र सुरक्षित रहन सकियोस भनेर सुरक्षाका लागि कर्मचारीले व्यवसायीले उपलब्ध गराउने मोवाइल प्रयोग गरेका हुन् ।’ संलग्नहरुको बयान र प्रहरी छानबिनबाट सिमकार्ड दुरुपयोग भएको पत्ता लागेको हो । वैदेशिक रोजगारका लागि आवेदन दिएका ७७ जनाको फाइल हराएको प्रकरण छानविनका क्रममा यस्तो खुलासा भएको कान्तिपुर दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses