कम्युनिष्ट ध्रुविकरण गर्ने वैद्य माओवादीको तयारी

१९ मंसिर, काठमाडौं । नेकपा-माओवादीले ‘कम्युनिस्ट ध्रुवीकरण’का लागि पहल गर्ने भएको छ । केन्द्रीय समितिका एजेन्डा तय गर्न बसेको पोलिटव्युरो बैठकले कम्युनिस्ट ध्रुवीकरणको पहल गर्ने निर्णय गरेको हो ।
नेकपा-माओवादी निकट स्रोतका अनुसार सोमबार राति सकिएको पोलिटव्युरो बैठकले राजनीतिक र सांगठनिक एजेन्डा तय गरेको छ । बैठकले सांगठनिक हिसावले अब कम्युनिस्ट ध्रुवीकरणका लागि पहल गर्ने एजेन्डा तय गरेको र सो एजेन्डा केन्द्रीय समितिबाट पारित गराउने निर्णय गरेको स्रोतले बतायो । नेपाली कम्युनिस्ट आन्दोलनलाई बचाएर अगाडि बढाउनु आजको आवश्यकता भएको ठहर गर्दै पोलिटव्युरो बैठक कम्युनिस्ट धु्रवीकरणमा जाने निष्कर्षमा पुगेको सो पाटीका एक पोलिटव्युरो सदस्यले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।
यसअघि एकीकृत माओवादीले कम्युनिस्ट धु्रवीरकणका लागि भन्दै विभिन्न पार्टीसँग एकता गर्दै आएको थियो । केन्द्रीय समिति बैठकबाट कम्युनिष्ट धु्रवीकरणको प्रस्ताव पारित गरे एकीकृत माओवादीसँग एकताका लागि बाटो खुल्ने नेकपा-माओवादीका एक केन्द्रीय सदस्यको भनाई छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.