नेपाल पोलियो मुक्त देश घोषणा हुँदै पुस ६ गते र माघ ११ गते राष्ट्रिय खोप अभियान

नेपाल पोलियो मुक्त देश हुने भएको छ । आगामी फेब्रुअरी १४ मा एक कार्यक्रमको आयोजना गरी नेपाल लगायत पूवी एसियाका ११ देशलाई पोलियोमुक्त घोषणा गर्न गर्न लागिएको हो । नेपाल लगायत ११ राष्ट्रमा विगत तीन बर्षदेखि पोलियोको संक्रमण नदेखिएकाले पोलियोमुक्त राष्ट्र घोषणा गर्न लागिएको हो ।
poliyo thopaविश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानमा नेपालमा सन् २०१० अगस्टमा नेपालको रौतहट र २०११ को जनवरीमा भारतको पश्चिम बंगलामा पोलियो देखिएको थियो । त्यसपछि भने अहिलेसम्म उक्त संक्रमण नदेखिएकाले पोलियो उन्मुलन भएको भन्दै पोलियो मुक्त राष्ट्र घोषणा गर्न लागिएको हो ।
पोलियो मुक्त हुने राष्ट्रमा नेपालसँगै भारत, भुटान, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, उत्तर कोरिया, इष्ट टिमोर र थाइल्यान्ड रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको बालस्वास्थ्य महाशाखाका निर्देशक सनेन्द्रराज उप्रेतीका अनुसार पछिल्लो समय नेपाल र भारतमा पोलियो देखिएको भएपनि अन्य देशमा पाँच बर्षदेखि नदेखिएको र लगातार तीन वर्षसम्म संयुक्त राष्ट्रसंघले तोकेका क्षेत्रमा पोलियो नदेखिएकाले उक्त देशहरु पोलियो मुक्त भएका हुन् ।
अहिले पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र पोलियाको संक्रमण बढी रहेको पाइन्छ । यद्यपी पोलियो सरुवा भएका कारण पाकिस्तानसँग सोझो हवाई यातायात भएकाले नेपालमा संक्रमण फैलन सक्ने विज्ञहरुको भनाई छ ।
पुस ६ र माघ ११ मा राष्ट्रिय पोलियो खोप अभियान
सरकारले आगामी पुस ६ गते र माघ ११ गते राष्ट्रिय पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । जन्मेदेखि पाँच बर्षसम्मका बालबालिकालाई पोलियोको संक्रमणबाट बचाउन पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
सो अवधिमा ८० हजार ९ सय ४८ जना स्वयम्सेवकले ४२ लाख २६ हजार ९ सय ९६ जना बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य राखिएको छ । उक्त अभियानलाई सञ्चालन गर्न १२ हजार भन्दा बढी चिकित्सकहरु पनि परिचालन गरिने महाशाखाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.