एमालेले प्रधानमन्त्रीमै ‘बार्गेनिङ’ गरेको कांग्रेसको दावी

२० मंसिर, काठमाडौं । संविधानसभा निर्वाचन परिणामले आकार लिन नपाउँदै प्रमुख राजनीतिक दलबीच सत्ता साभलेदारीमा किचलो देखिन थालेको छ । खासगरी जनताले चुनावमार्फत संविधान निर्माण गर्ने जिम्मेवारी सुम्पिएका कांग्रेस र एमालेबीच नयाँ राष्ट्रपति छान्ने कि नछान्ने भन्ने विषयमा किचलो देखिएको छ ।
CPN_UML_officeसंविधानसभामा दुई तिहाइनजिक पुगेका दुई दलबीच अहिलेसम्म देखिएको समझदारीका आधारमा एक वर्षभित्र संविधान निर्माण हुने आशा गरिएको थियो । दुवै दल अघिल्लो संविधानसभामा विवादास्पद देखिएका संविधानका अन्तरवस्तुमा झन्डै समान धारणा लिएर चुनाव गएका थिए । यसैका आधारमा जनताले कांग्रेस र एमालेलाई पहिलो र दोस्रो दलका रुपमा स्थापित गरेको धेरैले विश्लेषण गरेका छन् ।
राष्ट्रपतिको चुनाव गर्नुपर्ने माग उठाइरहेका एमालेको धारणा झट्ट सुन्दा उसले राष्ट्रपति पद चाहेजस्तो देखिन्छ । तर यसको यो मागभित्र ‘पालैपालो’ सरकारको नेतृत्व गर्ने ‘बार्गेनिङ’ का लागि चालिएको रणनीति हुनसक्ने स्रोतहरुले बताएको अन्नपूर्ण पोष्टमा खवर छ ।
निर्वाचन परिणाम सार्वजनिक हुनेबित्तिकै एमाले अध्यक्ष झलनाथ खनालले पालैपालो सरकार निर्माणका लागि जनादेश आएको बताएका थिए । त्यस लगत्तै कांग्रेस सभापति सुशील कोइरालालाई सत्ताको नेतृत्व गर्न प्रस्ताव गरेका खनालले एक साता नबित्दै राष्ट्रपतिको चुनाव गर्नुपर्ने मुद्दा उठाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.