प्रवास
»
मलेसियामा झुल्किए राते काईंला (फोटोफिचर)
मलेसियामा झुल्किए राते काईंला (फोटोफिचर)

क्वालालम्पुर । अधिकांश नेपाली चलचित्रमा खलनायकको भूमिका निर्बाह गरेका गरेका सुनिल थापा अर्थात (राते कार्इंला) मंगलवार दिउँसो नेपाली दूतावास क्वालालम्पुरमा झुल्किए । पर्दामा मात्रै देखिने राते काईलालाई विदेशमा देख्दा कत्तिले त विश्वास नै गर्न सकेनन् । सेतो दारी पालेका अनि कालो चश्मामा देखिएका उनी पर्दामा देखिने भन्दा केही फरक थिएनन् ।
नेपाल चलचित्र प्राविधिक संघले मलेसियामा आयोजना गर्न थालेको छैठौँ नेफटा एवार्डको तयारी अनुगमनको लागि उनी मलेसिया आईपुगेका रहेछन् । राते काईलाको साथमा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी,उपाध्यक्ष प्रकाश महरा, सदस्य शंकर पाण्डे, चलचित्रका निर्माता तथा एवार्ड आयोजकको मलेसियाका जिम्मा लिएका सुवास गिरी, ब्यवसायी जयराम तिमिल्सेना समेत दूतावासमा पुगेर मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमान सिंह वस्न्यातसंग भेट गरेका थिए ।

भेटमा विदेशमा यस्ता कार्यक्रम हुनु राम्रो भएको उल्लेख गर्दै दूतावासवाट हुन सक्नेसम्मको सहयोग गर्ने वचन पाएपछि टोली फर्कियो । टोलीले विहीवार पत्रकार सम्मेलन गरी कार्यक्रमको तालिका र अवस्थाको वारेमा जानकारी गराउने छ ।
0 comments
Write Down Your Responses