कांग्रेस नेतृत्वको सरकारलाई गच्छदारको समर्थन कोईराला–गच्छेदार भेट
मधेसी जनाधिकरा फोरम लोकतान्त्रिक अध्यक्ष बिजयकुमार गच्छदारले कांग्रेसको नेतृत्वमा गठन हुने सरकारलाई आफ्नो पार्टीको समर्थन हुने प्रतिबद्धता जनाएका छन् । आज कांग्रेस सभापति शुशिल कोइरालासँगको भेटमा उनले राजनीतिक सहमतिमा कांग्रेसको नेतृत्व भए आफूलाई मान्य हुने धारणा राखेका हुन् ।
काइरालासँगको भेटमा उनले राष्ट्रपतिको बिषयमा कुरा उठाउन आवश्यक नभएको भन्दै संबिधानमा भनिए अनुसार चल्नुपर्ने टिप्पणी गरे ।
उनले आफ्नो पार्टी प्रजातन्त्र प्रति प्रतिबद्ध रहेको भन्दै मुलुकलाई द्वन्द्वमा जान नदिन आफू गम्भीर रहेको प्रतिक्रिया दिए ।
कोइराला र गच्छदारबीच नयाँ सरकार निर्माण, संबिधानसभा, व्यबस्थापिका संसद्को वैठक, संबिधान लेखनका बिषयमा पनि छलफल भएको काइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिए ।
भेटमा गच्छेदारले कोइरालालाई दुई स्थानबाट विजयी भएको र पार्टी सबैभन्दा ठूलो दल बनेकोमा बधाई दिएका थिए ।
काइरालाले पार्टीलाई ५ औं ठूलो दल बनाएकोमा गच्छेदारलाई बधाई दिएका थिए ।

0 comments
Write Down Your Responses