कांग्रेस केन्द्रीय समितिमा सुजाताको ‘कल डिटेल’ खोजी, युवा नेता हिरो बन्न खोजेको आरोप
संविधानसभा चुनावमा भएको अन्तर्घातले नेपाली कांग्रेसमा चर्को रुप लिएको छ । आफूले पेस गरेको प्रमाण नेतृत्वले बैठकमा प्रस्तुत नगरेको भन्दै शुक्रबार आमोदप्रसाद उपाध्यायले आक्रोश पोखेका थिए । अनुशासन समितिका संयोजकसमेत रहेका उपाध्यायले पार्टी नेतृत्वले नै अन्तर्घातीमाथि कारबाही नगर्ने वातावरण बनाउन लागेको भन्दै आपत्ति प्रकट गरेका थिए ।
उपाध्यायले नातेदारसमेत रहेकी सुजाता कोइरालाको टेलिफोन कल डिटेल बैठकमै ल्याई सबैलाई देखाउन माग गरे । उनी मोरङ क्षेत्र नम्बर १ बाट उम्मेद्वार थिए । बैठकमा रामशरण महत, बलबहादुर केसीलगायत केन्द्रीय सदस्यले पनि अन्तर्घात गर्नेहरुमाथि कारबाही गर्नुपर्ने बताएका थिए ।

बैठकमा अनुसासन समितिले प्रत्यक्ष निर्वाचनमा पार्टीका उम्मेद्वारलाई अन्तर्घात गरी हराएको आरोप लागेका ३१ जनामाथि कारबाही गर्न विशेष छानबिन आयोग गठन गर्न माग गरेको छ । समानुपातिकको सूचीमा रहेका ३१ जना विरुद्ध समितिमा अन्तर्घात गरेको उजुरी परेको अन्नपूर्ण पोस्टमा खबर छ ।
उजुरीमा संसदीय बोर्डका सदस्यदेखि केन्द्रीय सदस्यसम्मको नाम छ । उजुरी परेका ३१ जनामा संसदीय बोर्ड सदस्य सुजाता कोइराला, केन्द्रीय सदस्य डीना उपाध्याय, मीना सुब्बा र राजन पन्तसहित समानुपातिकतर्फका उम्मेद्वार छन् ।
एक केन्द्रीय सदस्यका अनुसार उपाध्यायले समितिले स्पष्टीकरण सोध्ने र बयान लिने काम नगरी कारबाहीको सिफारिस गर्न नसक्ने विधानको व्यवस्था भएको र ती सबै प्रक्रिया पूरा गर्दा समानुपातिकतर्फ सभासद् छानिइसक्ने हुनाले केन्द्रीय समितिले विशेषधिकार प्रयोग गरेर अलग्गै छानबिन आयोग गठन गरी एकदुई दिनमै टुंगो लगाउन माग गरे ।
युवा नेता हिरो बन्न खोजेको आरोप
महिला दलितको कोटा बढाउनुपर्ने, अघिल्लोपटक सभासद्भएकालाई दोहोर्याउन नहुने र सबै केन्द्रीय सदस्यलाई समानुपातिकमा राख्न नहुने युवा नेताको लिखित प्रस्ताव हिरो बन्नका लागि आएको केही सदस्यले आरोप लगाएका छन् । उनीहरुको माग समानुपातिक प्रणालीमा समेत न्यायसंगत नहुने उनीहरुको भनाई छ ।
बैठकको पहिलो दिन बुधबार चार केन्द्रीय सदस्य गगन थापा, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेले समानुपातिक कोटा बढाउनुपर्ने र गुटबन्दी अन्त्य गर्न भन्दै लिखित प्रस्ताव पेस गरेका थिए । तर, शुक्रबारको बैठकमा बोल्ने सदस्यहरु सुरन्द्र पाण्डे र बालकृष्ण खाँडले उनीहरु हिरो बन्न खोजेको भन्दै कडा आपत्ति जनाएको नयाँ पत्रिकामा खबर छ ।

0 comments
Write Down Your Responses