सेक्स टेपको गसिपलाई गसिपकै रुपमा वुझ्न नीताको आग्रह(भिडियो)

कहिलेकाही गसिपलाई पनि वास्तविक रुपमा पाठकले वुझिदिदा सेलिब्रेटीहरु समस्यामा परेको पाइन्छ । नेपाली सिनेमामा नायिकाको रुपमा उदाउँदै गरेकी नीता ढुंगाना अहिले यस्तै उल्झनमा परेकी छिन् । नायिका नीता ढुंगानाले अभिनय गरेको एक भिडियोमा उनी सेक्स टेप सार्वजनिक भएपछि तनावमा परेकी यूवतीको भूमिकामा देखिएकी छिन् । neeta-dhunganaयही भिडियोलाई आधार बनाएर तयार पारिएको एक समाचारका कारण नीताले केही समस्या भएको बताएकी हुन् । उनले पाठकहरुलाई समाचार पुरै पढेर मात्र प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । नीताको बिषयमा लेखिएको उक्त समाचारको शिर्षकले पाठकलाई नकारात्मक सोचाईमा राखिदिएपनि पुरै लेखले भने स्पष्ट बनाएको छ । तर फेसबुक र मोबाइलमा अनावश्यक खालका टिप्पणी आउँदा आफूलाई निक्कै अप्ठ्यारो परेको नीताको तर्क छ ।
पत्रकार बिदुर खतिवडाले निर्देशन गरेको ‘तमाम ति सपनाहरु’ बोलको गीतको भिडियोमा नीता सेक्स टेप सार्वजनिक भएपछि तनावमा परेकी एक यूवतीको भूमिकामा देखिएकी छिन् । यही गीतको भिडियोलाई आधार मानेर प्रकाशित एक समाचारका बिषयमा विभिन्न गलत टिप्पणी आएपछि नीता केही तनावमा देखिएकी हुन् । नीताले अभिनय गरेको भिडियो यसप्रकार छ । यही भिडियोको समाचार गसिपको रुपमा प्रकाशन भएपछि नीता तनावमा रहेकी हुन् ।
“सेक्स टेपको

0 comments

Write Down Your Responses

Powered by Blogger.