दुई मानव तस्कर पक्राउ
८ पुस । ललाइफकाई खाडी मुलुकमा बेच्न लैजादै गरेका युवतीहरुको आइतबार उद्धार गरिएको छ । चेलीबेटी बेचबिखनमा संलग्न दुई जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । माइती नेपालको सहयोगमा वीरगन्जको इनर्वाबाट पर्साको ठारीका दुई युवतीको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
युवतीलाई बिक्रीका लागि लैजाने भारतीय नागरिक भारतको विहार बेतियाका ओमप्रकाश साह र पूर्वी चम्पारण रक्सौलका राजकिशोर महतोलाई पक्राउ गरिएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ भने उद्धार गरिएका चेलीलाई माइती नेपालमा राखिएको छ ।

0 comments
Write Down Your Responses