प्रवास
»
विदेशमा ठगिएका १२ युवाले क्षतिपूर्ति पाए
विदेशमा ठगिएका १२ युवाले क्षतिपूर्ति पाए

वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका खोटाङका १० सहित १२ युवाले क्षतिपूर्ति पाएका छन् ।
दुई वर्षको अवधिमा मेनपावर कम्पनी र एजेण्टको ठगीमा विभिन्न देशमा पुगेर स्वदेश फिर्ता भएका जिल्लाका १० तथा सुनसरी र गोरखाका एक/एक युवाले क्षतिपूर्ति दिक्तेलस्थित सुरक्षित आप्रवाशन परियोजना सूचना केन्दले जनाएको छ । सुचना केन्द्रका अनुशार बैदेसिक रोजगारीका सिलसिलामा ठगीमा परी ओमन पुगेर फर्किएका रतन्छा-६ का प्रकाश राई, मलेसिया पुगेका बुइपा-६ का सागर राई, नेर्पा-४ का तोयानाथ बास्तोला, दिक्तेल-३ का राजकुमार पाण्डे, टेम्मा-९ का प्रदीप खत्री, डाडागाउका अस्विन सिग्देलले क्षतिपूर्ति पाएका हुन् ।
कतार पुगेर फिर्ता भएका नुनथला-९ का हर्क तामाङ, बाक्सिला-५ का नवराज तामाङ, नुनथला-९ का ताराकुमार तामाङ, बाक्सिला-५ का मित्रकुमार तामाङले क्षतिपूर्ति लिएको सुचना केन्द्रका निमित्त कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिए ।
सूचना केन्द्रको पहलमा अलपत्र अवस्थाबाट उद्धार गरेर स्वदेश फर्काइएका उनीहरुले निशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल्स फोरमको कानूनी परामर्श र सहयोगमा मेनपावर कम्पनी तथा एजेन्टबाट क्षतिपूर्ति लिएका हुन् । खोटाङका १० जनासहित मलेसिया पुगेर फर्किएका सुनसरी झुम्काका राजन खत्री र कतारबाट फर्किएका गोरखा मनोकामना-१ का सन्तोष परियारले पनि क्षतिपूर्ति लिएका छन् । ठगिएका युवाले प्रतिव्यक्ती ४५ हजारदेखि ८० हजार रुपैयासम्मका दरले कुल दश लाख ६७ हजार क्षतिपूर्ति पाएका छन् ।
ठगीमा परी खाडी मुलुक पुगेर अलपत्र परेको अवस्थामा उनीहरुलाई सुचना केन्द्रको पहलमा स्वदेश फर्काइएको थियो । १४ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा परियोजनाले सुक्रबार सदरमुकाम दिक्तेलमा समिक्षात्मक कार्यक्रम गरी दुई वर्षको अवधिमा ठगिएका ३८ वटा मुद्दा दर्ता भएकोमा परियोजनाले १२ वटा मुद्दाका पीडितलाई क्षतिपूर्ति दिलाएको जनाएको छ ।
आठ मृतक परिवारले क्षतिपूर्ति पाए
२०६८ साल असोज यता विभिन्न देशमा ज्यान गुमाएका खोटाङका ८ मृतक परिवारले पनि क्षतिपूर्ति पाएको परियोजनाले जनाएको छ ।
साउदीअरबमा ज्यान गुमाएका नेर्पा-८ मनबहादुर कामी, सप्तेश्वर-७ का जीवन राई, अर्खौले-१ का नरबहादुर पुरी, बाझेच्यानडाडा-५ का खड्गबहादुर गुरुङ, खार्मी-९ का रामनाथ राई, मलेसियामा ज्यान गुमाएका खिदिमा-६ का सिंहराज राई, राजापानी-७ का कमलकुमार राई तथा कतारमा ज्यान गुमाएका बाझेच्यानडाडा-२ का दिलीप भुजेलको परिवारले क्षतिपूर्ति लिएको परियोजनाका खोटाङ संयोजक भक्त राईले जानकारी दिए । उनीहरुले वैदेसिक रोजगार प्रबर्द्धन बोर्डबाट एक लाख ५० हजार रुपैया तथा बीमा कम्पनीबाट बाकी रकम गरी प्रतिपरिवार कम्तीमा ६ लाख ५० हजारदेखि ८ लाख रुपैयासम्म क्षतिपूर्ति पाएका छन् ।
त्यस्तै, यो अवधिमा जिल्लाका एघार जनाको उद्धार तथा गैर-कानूनीरुपमा काम गर्दै आएका जिल्लाका पाच युवालाई वैधानिकता प्रदान गर्न सहयोग पुर्याएको परियोजनाले जनाएको छ । दुई वर्षको अवधिमा अलपत्र, ठगी, मृत्यु लगायतका प्रकृतिका एक सय सात वटा मुद्दा दर्ता भएको जनाइएको छ ।
Labels:
प्रवास
0 comments
Write Down Your Responses