‘पोजेटिभ स्टेप’मा मिस मंगोल
‘पोजेटिभ स्टेप’मा मिस मंगोल
संचारकर्मी अशोकप्यासी राइ यतिबेला बृत्तचित्र निर्देशनमा व्यस्त छन् । मिस मंगोल नेपाल २०१३ का विजेताले ताप्लेजुङ जिल्लाको मेहेले गाविस वाड नम्बर ९ मा अवस्थित किराँत राई विद्यालयको भवन निर्माण सहयोगार्थ संचालन गरेको अभियानमा यो बृत्तचित्र केन्दत छ ।

राइका अनुसार विजेताले विद्यालय भवन निर्माण गर्नको लागि गरेको यस अभियानबाट स्थानीयवासी उत्साहित छन् । दशैंअघि राजधानीमा वृहत सांगीतिक कार्यक्रम आयोजना गरी अभियानको थालनी गरिएको थियो । यो अभियान भवन निर्माण पुरा नभएसम्म जारी रहने मिस मंगोल नेपाल २०१३ मुस्कान लिम्बुले बताइन् । अहिले तीन कोठे भवन निर्माण कार्य भइरहेको छ ।
0 comments
Write Down Your Responses