सशस्त्र समूहद्वारा पुनः भुमिगत हुने चेतावनी


सशस्त्र समूहद्वारा पुनः भुमिगत हुने चेतावनी
टुडे समाचारदाता
जनकपुरधाम, १२ जेठ ।  
मधेशसँग जोडिएका राजनीतिक मागहरुलाई लिएर एक दशक सशस्त्र संघर्Èमा रही सरकारसँग वार्ताको प्रक्रियामा आएका समूहहरु फेरी भूमिगत हुनेसक्ने चेतावनी तत्कालीन वार्ता संयोजक ज्योति झाले दिएका 
छन् । 
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शान्ति मन्त्री जनार्दन शर्माको समयमा भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूह, किरा“त वर्कस पार्टीका अनन्त किरा“ती र सुमन वान्तवा, एलटिटिइका रामलोचन ठाकुर, मधेश भाईसर किलर्स लगायत ८ भूमिगत समूहका संयोजक झाले हाल उनीहरुको अवस्था अत्यन्तै नाजुक रहेको र सरकारले उनीहरुको माग तत्काल सम्बोधन नगरे पुनः भूमिगत सङघर्Èमा होमिन सक्ने चेतावनी दिएका हुन् । 
 
रिपोर्टर्स क्लब नेपाल काठमान्डौमा पत्रकार सम्मेलन गर्दै पूर्व संयोजक झाले सशस्त्र सङघर्Èमा रहेका एक दर्जन समूहहरुलाई राजनीतिक र सामाजिक जीवनको मूलधारमा ल्याउन विगतका सरकारस“ग भएको प्रतिबद्धतालाई अहिलेको सरकारले निरन्तरता नदिई अलपत्र पारेको आरोप लगाए ।
 
वार्तामा आएका सिरहा, सप्तरीका सशस्त्र सङघर्Èमा होमिएका समुहहरुलाई गैरकानुनी र गैरन्यायीक तरिकाले राज्यले उनीहरुलाई दमन गर्न थालेको आरोप लगाउ“दै उनले भने– शान्तिपूणर् तरिकाले स्वतन्त्रपूर्वक जीवनयापन गर्ने अधिकारलाई कुण्ठित गरेको छ, तत्काल उनीहरुस“ग गरेका प्रतिवद्धताहरु सरकारले पूरा गरोस् । 
पूर्व संयोजक झाले मधेशको समृद्धिको यात्रा शान्तिबाट मात्र हुने भएकाले सशस्त्र समूहस“ग गरिएका सम्झौताहरु पूरा गरी मूलधारमा ल्याई पुनस्र्थापनाका आवश्यक पहल गर्न सरकारस“ग आग्रह समेत गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.