कुन-कुन हलिउड फिल्मबाट चोरियो सलमानको ‘किक’ ?

salman-khan-in-kickनायक सलमान खान यतिबेला आफ्नो नयाँ चलचित्र ‘किक’को साथमा दर्शकमाझ आउँदैछन् । तर उनको चलचित्रलाई चोरीको आरोप लाग्न थालेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएलगतै भारतीय मिडियाले सलमानको फिल्मलाई कपीको आरोप लगाइरहेका छन् । चलचित्रमा समावेश थुप्रै दृश्यहरु चर्चित हलिउड फिल्मबाट चोरिएको छ । हलिउड फिल्म हेर्ने दर्शकलाई सलमानको चोरी पत्ता लगाउन धेरै समय लाग्दैन । यो चलचित्रमा हलिउड फिल्म ‘आइरन म्यान’, ‘मिशन इम्पोसिबल’, ‘साल्ट’, ‘एक्सपेन्डेबल्स’, ‘स्काइफल’, ‘फ्यान्टास्टिक’ र ‘ डार्क नाइट हेयर’को दृश्य कपी गरिएको छ । विशेषगरी एनिमेशन गरिएका दृश्य र एक्सन हलिउड फिल्मबाट नक्कल गरिएको देखिन्छ । २ मिनेट ४३ सेकेन्डको ट्रेलरमै करिब ८ वटा दृश्य हलिउड फिल्मको नक्कल गरिएको छ । अब पूर्ण सिनेमामा कुन-कुन हलिउड सिनेमाको नक्कल गरिएको छ भन्ने प्रश्न उब्जन थालेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.