सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग भिड्दै
१४ मंसिर, काठमाडौं । यूएईमा जारी विश्व ट्वान्टी–२० छनोट क्रिकेटको सेमिफाइनलमा नेपाल आज अफगानिस्तानसंग खेल्दैछ । अबुधावीमा नेपाली समय अनुसार पौने ४ बजेपछि हुने खेलमा नेपाल समूह चरणमा बेहोरेको हारको बदल लिने प्रयासमा हुनेछ ।
नेपालले भने बुधबार भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक ट्वान्टी–२० विश्वकपका लागि छानिएको हो ।
विश्वकप छनोटमा नेपाल र अफगानिस्तान तेस्रो पटक आमने सामने हुन लागेका हुन् भने ट्वान्टी–२० क्रिकेटमा छैटौं भेट हो, जसमा सबै खेल अफगानिस्तानले जितेको छ ।


0 comments
Write Down Your Responses