संविधान लेखनको काममा जुट्छौँ : पौडेल

११ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब मुलुकलाई समृद्धितर्फ लैजान र संविधान लेखनतर्फ लाग्नु पर्ने वताउनु भएको छ ।
ramchandra paudel
मंगलवार विहान आफ्नै निवास बोहोराटारमा नेपालका लागि चिनियाँ राजदूत बु चिन्ताईसंगको भेटमा उपसभापति पौडेलले राजनीतिक दलबीच सहमति कायम गर्दै अघि बढ्नुको विकल्प नरहेको भन्दै सवैको ध्यान संविधान लेखन र आर्थिक समृद्धितर्फ केन्द्रीत हुनु पर्नेमा जोड दिनु भएको हो ।
राजदूत चिन्ताईसंगको भेटमा पौडेलले मुलुकमा दोस्रो संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब आफूहरु संविधान लेखन र विकासको कामलाई अघि बढाउन लागि पर्ने वताउनु भएको हो ।
भेटमा राजदूत चिन्ताईले नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिनु भएको थियो । यस्तै उहाँले संविधान निर्माण गरेर नेपालको शान्ति, विकास र स्थिरताको मार्ग अघि बढोस् भन्ने चीनको इच्छा रहेको बताउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.