दलहरुले समानुपातिक तर्फको सिट संख्या आज पाउने

१६ मंसिर, काठमाण्डौं । समानुपातिक तर्फ पाएको मतका आधारमा दलहरुले आफ्नो सिट संख्या आज पाउने भएका छन् । निर्वाचन आयोगले दलहरुसँग छलफल गरी मत परिणामका आधारमा दलहरुलाई सिट बाँडफाँड गर्ने जनाएको छ । दिउँसो आयोगमा दलहरुसँगको छलफल पछि सिट संख्या बाँड्फाँड हुनेछ ।
दोश्रो संविधानसभाको सदस्यका लागि गत मंसिर ४ मा भएको निर्वाचनमा समानुपातिक तर्फ ९४ लाख ६३ हजार ७ सय ८३ मत सदर भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । कुल मतदाताको ७७ दशमलब ९ प्रतिशत हो । नेपालमा यसपटक कुल मतदाता १ करोड २१ लाख ४७ हजार ८ सय ६५ रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा प्रत्यक्ष तर्फ ९० लाख ४० हजार ४ सय ५१ मत खसेको थियो । यो कुल मतदाताको ७४ दशमलब ४२ प्रतिशत हो ।  मतको मात्र हिसाव गर्दा प्रत्यक्षमा भन्दा समानुपातिकमा ४ लाख २३ हजार ३ सय ३२ मत बढि देखिन्छ ।
मत गणना अनुसार प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र एकीकृत नेकपा माओवादी तेस्रो भएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.