१० मंसिर, काठमाण्डौं । सप्तरीको क्षेत्र नम्बर २ मा एमाओवादी विजयी भएको छ । एमाओवादीका उम्मेद्वार अशोक कुमार मण्डलले सद्भावनाका नवलकिशोर शाहलाई पराजित गर्नुभएको छ । भर्खरै सार्वजनिक गरिएको नतिजा अनुसार मण्डलले ६ हजार ५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सद्भावनाका शाहले ५ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक घोषणा हुन बाँकी रहेको छ । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा रहेको राष्ट्रिय निमावि बनरझोलामा मतदाता भन्दा केही बढी मतपत्र आएपछि उम्मेद्वारहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए । आपसी छलफल पछि पुन मतदान गराउने सहमति भएपछि शनिबार उक्त मतदान केन्द्रमा निर्वाचन भएको थियो । योसँगै प्रत्यक्ष तर्फ २ सय ४० क्षेत्रकै मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार १ सय ५ सिट ल्याएको कांग्रेस पहिलो पार्टी बनेको छ भने ९१ सिट जितेको एमाले दोस्रो भएको छ । २६ स्थान जित्दै एमाओवादी तेस्रो भएको छ ।
सप्तरी २ मा एमाओवादीको जीत, प्रत्यक्ष तर्फ २६ सिट प्राप्त
Powered by Blogger.


0 comments
Write Down Your Responses