विमान किन्न चीनले साढे ६ अर्ब ऋण तथा अनुदान सहयोग गर्ने
१३ मंसिर, काठमाडौं । चीन सरकारले नेपाललाई विमान खरिदका लागि अनुदान तथा ऋण सहयोग उपलब्ध गराउने भएको छ । चीनले ६ वटा
विमान खरिदका लागि अनुदान र ऋण गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको हो ।
बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चिनले जहाज खरिद गर्नका लागि सहयोग उपलबध गराउने सहमती गरेको छ । २ वटा ‘एमए ६०’ र ४ वटा ‘वाई १२ इ’ विमान खरिदका लागि ३ छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलगायतले हस्ताक्षर गर्नुभको अर्थ मन्त्रालयले जनाएको छ ।
विमान खरिदका लागि अनुदान सहयोग चीनस्थित एक्सपोर्ट इम्पोर्ट बैंकमार्फत नेपाल वायुसेवा निगमलाई उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ । उक्त ऋण रकम ७ वर्षको थप समय राखी २० वर्षभित्र १.५ प्रतिशत व्याजसहित भुक्तानी गर्नुपर्ने छ ।


0 comments
Write Down Your Responses