राजेन्द्र महतोले भने-हाम्रो हार भारतको हार हो
१५ मंसिर, काठमाण्डौं । निर्वाचनमा पराजित सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसकेन्दि्रत दलहरुको हारले भारतकै हार भएको सन्देश प्रवाह भएको दाबी गरेका छन् । उनले आफूहरुलाई भारतवादीको संज्ञा दिँदै नेपाली कांग्रेस र एमालेको विजयले भारतको हित नगर्ने पनि बताए ।
‘हामी भारतवादीहरुका लागि मधेसवाद हार्नु सामान्य हुन सक्ला तर भारतकै लागि यो असामान्य कुरो हो । कांग्रेस र एमालेले पाएको मतले भारतको हित गर्दैन,’ महतोले भने, ‘आज तराईमा मधेसवादी होइन भारत निर्वाचनमा पराजित भएको सन्देश गएको छ ।’ उनले मधेसकेन्दि्रत दलहरु हारेकाले तराईवासीमा भारतविरोधी भावना उत्पन्न हुनसक्ने बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
यसैबीच चुनवा परिणाम सोचेजस्तो नआएपछि मधेसी दलले संविधानसभामा सहभागी हुन कांग्रेस एमालेसँग सर्त अघि सारेका छन् । संविधानसभामा सहभागिताका लागि एकल पहिचानको संघीयता हुनुपर्ने उनीहरुको सर्त छ ।
हारको कारण सेना परिचालन: एमाओवादी
यसैवीच निर्वाचनमा सेना परिचालन गरिनु गम्भीर गल्ती भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले यसको दोष एमाले अध्यक्ष झलनाथ खनालमाथि थोपरेका छन् । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले सेना परिचालन रोक्न नसक्नु कमजोरी भएको समेत स्वीकारेका छन् ।
संविधानसभा चुनावमा पार्टी पारजयको कारण खोजीमा लागेका प्रचण्डले गत १० गते बसेको बैठकमा सेना परिचालन गरेर आफूहरुमाथि षड्यन्त्र गरिएको बताएका थिए । ‘हामीबाट कमिकमजोरी भयो,’ बैठक सुरुमै प्रचण्डले कम भोट आउनुमा आफ्नै कमजोरी स्वीकार गर्दै भनेका थिए, ‘सेना परिचालन रोक्न नसक्नु गल्ती भयो ।’

0 comments
Write Down Your Responses