स्वेच्छिक रुपमा पद नत्यागे राष्ट्रपतिमा यादव कायम रहने
११ मंसिर, काठमाण्डौं । संविधानसभा निर्वाचनलगत्तै राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा पदमा बसिरहन पाउँछन् वा पाउँदैनन भन्ने विषयमा बहस सुरु भएको छ । अन्तरिम संविधानले संविधान घोषणा भएपछि राष्ट्रपतिको पद रिक्त हुने व्यवस्था गरे पनि यसबारे नयाँ जनादेशसँगै राजनीतिक प्रश्न उठाउँदै बहस सुरु भएको हो । तर, राष्ट्रपति र उपराष्ट्रपतिले स्वेच्छिक रुपमा पद नत्यागे नयाँ संविधान नबन्दासम्म पदमा रहिरहने भनाई संविधानविद्को छ ।
‘कतिपयले नयाँ निर्वाचनमार्फत संविधानसभा गठन भएपछि राष्ट्रपति, उपराष्ट्रपतिको पनि पदावधि सकिन्छ भनेका छन् । तर संविधान हेर्दा महाभियोग वा राजीनामा दिएबाहेक हट्ने व्यवस्था छैन्,’ संविधान विद् पूर्णमान शाक्यले भने, ‘दुवैको पद निरन्तर हन्छ । सहमतिमा सबै दल मिलेर छाड्न आग्रह गर्ने वा राजनीतिक दबाब दिएर मनाउनुपर्यो ।’
वरिष्ठ अधिवक्ता शाक्यले महाभियोग लगाउन पनि स्पष्ट आधार र कारण चाहिने बताए । ‘महाभियोग लगाउन संविधान नमानेको हुनुपर्छ । त्यस्तो अवस्था पनि छैन । राष्ट्रपतिको पदावधि यति बर्ष भनेर तोकिएको पनि छैन्,’ उनले भने ।
अर्का संविधानविद् भीमार्जुन आचार्यले पनि संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपति यथावत रहने बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।


0 comments
Write Down Your Responses