आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव
शिक्षा मन्त्रालयले आवश्यक निर्णय गर्न नसक्दा आगामी शैक्षिक सत्र २०७१ मा पाठ्यपुस्तक अभाव हुने देखिएको छ । शिक्षा विभागको तालिकाअनुसार आउँदो सत्रका निम्ति साउनदेखि पाठ्यपुस्तक छापिनुपर्छ । तर मंसिर दोस्रो सातासम्म यसबारे निर्देशन नपाएको जनक शिक्षा सामग्री केन्द्रका अधिकारीले जनाएका छन् ।
यो वर्षबाट कक्षा १ देखि ३ सम्मको प्रकाशन निजी क्षेत्रलाई दिने निर्णय भए पनि बुधबार अन्तिम म्यादसम्म कुनैले आवेदन दिएका छैनन् । निजी छापाखानाबाट कुनै आवेदन नपरेपछि पाठ्यक्रम विकास केन्द्र अन्योलमा छ । 'आज -मंसिर १२) अन्तिम म्याद हो तर कसैले छपाइ प्रतिस्पर्धाका निम्ति आवेदन दिएनन्,' केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले कान्तिपुरसित भने, 'अब तत्काल मन्त्रालयलाई औपचारिक जानकारी दिएर अर्को निर्णय गर्नुपर्ने भएको छ । नत्र पुस्तक छपाइ ढिलो हुनेछ ।'
कणर्ाली अञ्चलका सबै जिल्ला तथा मनाङ र मुस्ताङ जिल्लामा फागुनदेखि नयाँ सत्र सुरु हुन्छ । अन्य जिल्लामा वैशाखदेखि नयाँ सत्रको पठनपाठन हुन्छ । त्यसैले गर्दा मन्त्रालयको तालिकाअनुसार पाठ्यपुस्तक साउनदेखि छपाइ गरिन्छ ।
मन्त्रालयले यसअघि कक्षा १ र ८ को पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाउन दिएको थियो । तर निजी क्षेत्रले देशैभरि पुस्तक पुर्याउने गरेपछि यो पटक कक्षा ३ सम्म सबै निजी क्षेत्रलाई दिने निर्णय गरेको हो । जसअनुसार केन्द्रले पाठ्यपुस्तक छपाइका निम्ति निजी क्षेत्रलाई सूचीकृत गर्न आह्वान गरेको हो । निजी क्षेत्रले सिन्डिकेट निर्माणका निम्ति म्यादभित्र आवेदन नदिएको स्रोतले जनाएको छ । 'निजी छापाखानाले मिलेमतो गरेर आवेदन दिएनन्,' स्रोतले भन्यो, 'यसले गर्दा सिन्डिकेट निर्माण हुन्छ र मनोमानी गर्न पाउँछन् । कर्मचारीसमेतको हालीमुहाली हुने गरेको छ ।'
देशभरि विद्यालय तहमा ७६ लाखभन्दा बढी विद्यार्थी पढ्छन् । विद्यार्थीले कक्षा ८ सम्म निःशुल्क पाठ्यपुस्तक पाउने व्यवस्था छ । विद्यालय तहमा अनिवार्य र ऐच्छिक गरी ५२ विषयको पठनपाठन हुने गर्छ । त्यसनिम्ति देशभरि ७० लाख सेट पुस्तक आवश्यक पर्छ । पाँच विषयका गरी कक्षा १-३ का निम्ति ३० लाख थान पुस्तक आवश्यक पर्ने ढुंगेलले जनाए ।
कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छपाउनेछ । सरकारको निर्णयअनुसार जनक शिक्षाले पुस्तक छपाउनुपर्ने हो । तर संविधानसभाको निर्वाचन मतपत्र समेत छाप्नुपरेकोले पाठ्यपुस्तक छपाइ ढिलो भएको स्रोतले जनाएको छ । 'जनक शिक्षाले पाठ्यपुस्तक छपाइ जारी राखेको हुनुपर्छ,' ढुंगेलले भने, 'निजी चाहिँ आएनन् । समय घर्किंदै गएकोले तत्काल छपाइ ताकेता गर्नेछौं ।'
मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले पाठ्यपुस्तक अभाव हुन नदिन तत्काल प्रक्रिया अघि बढाइने बताए । 'पाठ्यपुस्तक छपाइ अहिलेसम्म ढिलाइ भएको छैन,' उनले भने, 'हामी तत्कालै समाधान गर्नेछौं, अभाव हुन दिने छैनौं ।' नियमअनुसार फागुनबाट सुरु हुने सत्रमा माघ अन्तिम र वैशाखबाट सुरु हुने ठाउँमा चैत अन्तिम साताभित्र पाठ्यपुस्तक पुग्नुपर्छ ।

0 comments
Write Down Your Responses