मिथिलामा बिबाहपञ्चमीदिन बिहा ‘अस्विकार्य
राम–सीताको जोडीलाई आदर्श जोडी मानिए पनि विवाहपञ्चमीका दिन मिथिलावासीले आप्mना छोरीको विवाह गर्नुहुन्न भन्ने जनविश्वास छ ।
करिब नौ लाख वर्षपूर्व त्रेतायुगमा मार्गशुक्ल पञ्चमी तिथिमा जनकनन्दनी सीताको विवाह अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र रामस“ग भएको थियो । त्यो दिन सोमबार र नक्षत्र भने श्रवण रहेको थियो ।
विवाहपञ्चमीका नामले प्रख्यात रहेको सो दिन यस वर्ष शनिबार अर्थात् मङ्सिर २२ गते परेको छ । सो दिन छोरीको विवाह गर्दा छोरीले माता जानकीले जस्तै दुःखकष्ट पाउने जनविश्वास मिथिलावासीमा छ ।
राम र सीताको विवाह ब्राह्मण विवाह हो र हिन्दूशास्त्रमा यस्तो विवाहलाई आदर्श र उत्तम विवाह मानिन्छ । भनिन्छ, विवाह रामचरित मानस तथा मिथिलाको वैद्धिक परम्पराअनुसार भएको हो । प्रत्येक वर्ष मनाइने विवाहपञ्चमीले त्रेतायुगीन विवाहको झझल्को दिने गर्छ । विवाहपञ्चमीका दिन छोरीको विवाह गर्दा जसरी सीतालाई १४ वर्षको वनवास, अग्निपरीक्षा, वनवासपछि फर्केर अयोध्या आउँदा फेरि वनमै जानुपर्ने र अन्त्यमा पृथ्वीको गर्भमा लुप्त हुनुपर्ने जस्ता दुःखकष्ट भयो त्यस्तै दुःखकष्ट छोरीलाई हुने भनाइ छ ।
“गर्भवती अवस्थामा समेत दुःखित सीताबारे मिथिलावासीले खोजखबर नलिएकाले सीताले श्राप दिइन् कि विवाह पञ्चमीका दिन मिथिलामा जुन कन्याको विवाह हुन्छ त्यसले म जस्तै दुःख पाउनेछिन्”, मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ, “यही लोकविश्वासका कारण मैथिलीवासीले विवाहपञ्चमीका दिन आप्mनो कन्याको विवाह
गराउदैनन् ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको भनाइ भने फरक छ, “कालान्तरमा आएर बिस्तारै यो जनविश्वास हट्दै गएको छ र कतिपयले यही दिनमा आप्mनो कन्याको विवाह गर्छन् ।”
यहाँ विवाहमा मान्यवरले वरवधूलाइ “राम–सीता जस्तै एक भएर बस्नू” भन्ने आशिष दिने गर्छन् । यसैले यस दिन र यो महिनामा विवाह गर्नु पुण्य मानिन्छ ।
विवाहपञ्चमीका दिन जानकी मन्दिरका महन्थ रामतपेश्वर जनक र राम मन्दिरका महन्थ राम गिरि दशरथका रुपमा विवाह मण्डपमा उपस्थित हुन्छन् भने अयोध्याबाट आएका सन्त, महन्थ जन्तीका रुपमा उपस्थित हुने गर्छन् ।

0 comments
Write Down Your Responses