चार किलो सुनसहित एकजना पक्राउ
पर्सामा चार किलो सुनसहित एकजना पक्राउ परेका छन् । बुधवार विहान प्रहरीले विषेश सूचनाका आधारमा बारा बरियारपुरका दिनेश चौधरीलाई चार किलो सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तिब्बतबाट खरिद गरेर भित्र्याइएको सुन वीरगन्ज हुँदै भारततर्फ लैजान खोजिएको बुझिएको छ । अस्थायी प्रहरी चेकपोस्ट गण्डकले काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको एक यात्रुबाहक बसमा जाँच गरी उक्त परिमाणको सुन बरामद गरेको हो ।


0 comments
Write Down Your Responses