ग्यास हिटरका कारण चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि
यसैसाता नगरकोटस्थित एक होटलमा दुई चिनियाँ पर्यटकको मृत्युको कारण ग्यास हिटर रहेको तथ्य खुलेको छ ।पर्यटकहरु सुतेको कोठामा ग्यास हिटर बालिएको र भेन्टिलेसनको अवस्था अत्यन्तै कमजोर रहेकाले उनीहरुको मृत्युभएको फोरेन्सिक जाँचबाट खुलेको हो । जाडोका कारण उनीहरु ग्यास हिटर बालेर सुतेका थिए ।
चिनियाँ पर्यटकहरुको टोली नगरकोटको भ्यु पोइन्ट होटलमा सुतेका बेला एउटा कोठामा बास बसेका चिनियाँ पर्यटक चेन्दान र सि योङ होङको राति नै निधन भएको थियो । बिहान अबेरसम्म उनीहरु नउठेपछि ढोका फोरेर हेर्दा मृत भेटिएका थिए ।


0 comments
Write Down Your Responses