महोत्तरी र सिरहामा आगलागी

 Dhoom 3 (Part-2)
८ पुस ।
महोत्तरी र सिरहा जिल्लामा आगलागी भएको छ । महोत्तरी जिल्लाकोे सुगाभवानीपरुीमा आइतबार बिहानी पख आगलागी हुदा रु तीन लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । सो बस्तीका फकिर्चन धुनियाको गोठमा आइतबार बिहान करिब ३ बजे झिसमिसे मै आगलागी हुदा गोठघरका काठपात, फर्निचरसहित बस्तुभाउ गरी सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलागीमा परी एउटा बाख्रा मरेको र दुई वटा गोरु जलेर घाइते भएको बताइएको छ । गोठ न्यानो बनाउन बालेको धुनीबाट आगलागी भएकोे प्रहरी निरीक्षक शम्भुप्रसाद बरालले जानकारी दिनुभयो । आगोलाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण लिएको हो । यस्तै, सिरहाको माडरमा बिजुली सर्ट भई आगलागी हुदा तीन परिवारका सात वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेश तामारुका अनुसार माडर गाविस–३ का कुदे मलंग, सफीगुला मलंग र तालो मलंगका सात वटा घर जलेर नष्ट भएको हो ।
बिजुलीको तार सर्ट भई अचानक आगलागी हुदा घरमा रहेका लत्ताकपडा, सुनचँदीका गहना, नगद रुपैयँ र अन्य जिन्सी सामान जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागी तालो मलंगको घरबाट भएको थियो । दिउसो १ बजे भएको आगलागी पोने घन्टापछि स्थानीयवासी र प्रहरी चौकी माडरबाट गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
 
 

0 comments

Write Down Your Responses

Powered by Blogger.