देउवालाई घाँस खुवाउन खोज्दा घोक्रेठ्याक
१९ मंसिर, काठमाण्डौ । नेताबिरुद्ध आक्रोश पोख्न जनता र कार्यकर्ताले नयाँ नयाँ उपाय अपनाउँछन् । पछिल्ला बर्षहरुका नेपालकै शीर्ष नेताहरुले आफ्नै कार्यकर्ताको थप्पडदेखि संसदभित्रै चप्पलसम्म खाएका छन् ।
हालै नेपाली कांग्रेसका एक बृद्ध नेताले बरिष्ठ नेता शेरबहादुर देउवाबिरुद्ध आक्रोश पोख्न नयाँ काइदा अपनाए । यसपालीको चुनावमा टिकट दिन्छु-दिन्छु भनेर अन्तिम समयमा धोका दिएपछि धादिङका एक बृद्ध काँग्रेसीले एक मुठा घाँस लिएर देउवा निवास पुगेका थिए । गाडीको डिकीबाट घाँस निकालेर भित्र छिर्नमात्र के लागेका थिए, सँगै गएका साथीहरुले समातेर झ्याल्ट्याझुल्टुङ पार्दै समातेर गाडीमा राखे र घर फर्काए ।
बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार बिदुर अलौकिया नामका जीवनपुरका एक बृद्धलाई धादिङ क्षेत्र न ३ बाट टिकट दिने भन्दै आश्वस्त पारिएको रहेछ । ‘सालिकराम जमरकट्टेल र राजेन्द्र पाण्डेजस्ता धुन्धुकारीसँग जुध्ने तपाईँ हो, हामीले शेरबहादुर दाईसँग कुरा गरिसक्या छौँ, तपाईको सिट पक्का’ भनेर स्थानीय काँग्रेसी नेताहरुले उचालेका रहेछन् । उनी ढुक्क थिए, तर अन्तिममा टिकट पाइन बुद्धलक्ष्मी लामाले । यो के अचम्म भयो भन्दै एउटा टोली देउवालाई भेटन बुढानिलकण्ठतिर लाग्यो । बाटोमा ‘यस्ता धोकेबाज नेतालाई घाँस ख्वाउनुपर्ने’ भनेर बुढा तातिँदै थिए । तर आफुले डिकीमा घाँस नै बोकेको कुराचाहिं खोलेनन् । साथमा रहेकाहरुले पनि अनुमान लगाएनन उनको योजना ।
शेरबहादुरको बिशाल आँगनमा जिप्सीबाट झरेर डिकीबाट एक मुठो घाँस निकाली ल जाउँ भन्दै उनी अघि बढे । सँगै गएकाहरुको बल्ल होस खुल्यो । लौ बुढाले बर्बाद पार्ने भए भन्ने लागेपछि सवै मिलेर उनलाई गाडीमा लोड गरे र गाडी फर्काए । यसरी देउवा घाँस खानबाट बँचे भने बिदुरको योजना पनि अधुरै रह्यो ।
हालै नेपाली कांग्रेसका एक बृद्ध नेताले बरिष्ठ नेता शेरबहादुर देउवाबिरुद्ध आक्रोश पोख्न नयाँ काइदा अपनाए । यसपालीको चुनावमा टिकट दिन्छु-दिन्छु भनेर अन्तिम समयमा धोका दिएपछि धादिङका एक बृद्ध काँग्रेसीले एक मुठा घाँस लिएर देउवा निवास पुगेका थिए । गाडीको डिकीबाट घाँस निकालेर भित्र छिर्नमात्र के लागेका थिए, सँगै गएका साथीहरुले समातेर झ्याल्ट्याझुल्टुङ पार्दै समातेर गाडीमा राखे र घर फर्काए ।
शेरबहादुरको बिशाल आँगनमा जिप्सीबाट झरेर डिकीबाट एक मुठो घाँस निकाली ल जाउँ भन्दै उनी अघि बढे । सँगै गएकाहरुको बल्ल होस खुल्यो । लौ बुढाले बर्बाद पार्ने भए भन्ने लागेपछि सवै मिलेर उनलाई गाडीमा लोड गरे र गाडी फर्काए । यसरी देउवा घाँस खानबाट बँचे भने बिदुरको योजना पनि अधुरै रह्यो ।

0 comments
Write Down Your Responses