मतदातासँग विजयोत्सव मनाउँदै प्रचण्ड

संविधानससभा निर्वाचनमा सिरहा ५ बाट विजयी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले झण्डै दुई सातापछि सिराहा आएका मतदातासँग शुभकामना आदानप्रदान गर्नु भएको छ अनपेक्षित चुनाव परिणामपछि चुनावमा धाँधली भएको भन्दै मतगणना नै बहिस्कार गर्दै आएको एमाओवादीका अध्यक्ष प्रचण्ड विजयी भएपछि आफ्नो चुनावी क्षेत्रमा पहिलोपटक आउनुभएको हो ।
कार्यकर्तासहित सिरहा क्षेत्र नं ५ को गौतारीमा पुग्नुभएका अध्यक्ष दाहालले संविधानसभाको दोस्रो निर्वाचन महाभारतको लडाईं जस्तै भएको बताउनुभयो । विजयी सभालाई सम्बोधनगर्दै प्रचण्डले भन्नुभयो-’चुनावी युद्धमा हामी भनेजस्तो अवस्थामा पुग्न नसके पनि यस क्षेत्रको विकासका लागि सिंहदरबारसँग लडेरै भएपनि काम गर्नेछु ।” उहाँले आधारभूत विकासबाट वञ्चित यो क्षेत्रको विकासका लागि बाटोघाटो, खानेपानी र सिँचाइलगायतका समस्या समाधानका लागि विशेष पहल गर्ने बताउनुभयो ।
उहाँले मधेसी जनताले आफूलाई विजयी गराएकाले स्थानीय विकास निर्माणको गतिले तीव्रता नलिएसम्म सिरहा क्षेत्र नछोड्ने प्रण गर्नुभयो । उहाँले सङ्घर्ष गरेर पार्टीलाई जिताउने क्षेत्र नं ५ का मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । विजयपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका प्रचण्डलाई ठाउँठाउँमा स्थानीयवासीले स्वागत गरेका थिए । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.