धाँधली भएकै हो — अजयकुमार गुप्ता (रौतहट जिल्ला अध्यक्ष मजफो नेपाल लोकतान्त्रिक )
० रौतहट क्षेत्र नं. १ मा एमाले उम्मेदवार माधव नेपालले धाँधली गरेको तपाइँको आरोप छ । धाँधली भएको प्रमाण के छ तपाइँसँग ?
— माधवकुमार नेपाल नेकपा एमालेको उम्मेदवारले चुनाव आचारसंहिता उल्लघंन गरेका छन् । उनले निर्वाचनको प्रचार प्रसारका क्रममा कलाकारहरूको प्रयोग गरेर रौतहट क्षेत्र नं. १ मा आफ्नो पक्षमा प्रचारप्रसार गरे । उनले एउटा मत खरिद गर्न चार हजारदेखि पाँच हजारसम्म खर्च गरेको देखियो । मतगणनास्थलमा मतपेटिका लैजान लगभग आधा घण्टा लाग्ने ठाउँमा चार घण्टामा लगाइयो । त्यति समयमा त्यहाँ मतपेटिका हेरफेर भएकै हो । र नगरपालिका दुई र तीन नम्बर वडामा अर्धकट्टी समेतको ब्यालेट त्यसमा निस्केको छ हामीले यो कुरालाई क्षेत्र नं. १ का निर्वाचन अधिकृतसँग पनि लिखित रूपमा जानकारी दियौं । मतपत्रका अर्धकट्टी भेटिएका स्थानमा मतगणना स्थगित गर्न हामीले माग ग¥यौं । तर, उनीहरूले त्यो पनि गर्नुभएन । तर, ति सबै मतलाई पनि सद्दर गरेर माधवकुमार नेपाललाई त्यो क्षेत्रबाट विजयी घोषणा गरियो । यसपछि हामीले संविधानसभा अदालतमा उजुरी दियौं । मतपेटिका १० मिनेटमा पुग्नुपर्नेमा बाटोमा तीन–चार घण्टा लगाइयो । यसको अर्थ के हो । त्यो पनि जिल्ला प्रहरी कार्यालयभित्र मतपेटिका राखियो । त्यसले स्पष्ट हुन्छ की धाँधली भएकै हो ।
० तर, पर्यवेक्षक र निर्वाचन अधिकृतहरूले त निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित भएको दाबी गरेका छन् नि ?
— पर्यवेक्षकहरू को–को थिए त्यो त हामीलाई पनि थाहा छैन । तर, यो जुन धाँधली भएको छ एकदम सुनियोजित धाँधली हो । यसपालि बुथ कब्जा गर्ने काम त भएको छैन । किनभने विगतका चुनावहरूमा गोली पड्किन्थ्यो, कुटाकुट हुन्थ्यो, बक्सा तोडफोड हुन्थ्यो । यस्तो भएपछि सबैलाई थाहा हुन्थ्यो कि यहाँ धाँधली भएको हो भनेर तर, यसपाली शान्तिपूर्ण तरिकाले धाँधली भएको हो । मतपेटिका तीन–चार घण्टासम्म इलाका प्रहरी कार्यालयभित्र राख्नुको मतलब के हो । जबकि निर्वाचनको निर्देशिकामा स्पष्ट रूपमा छ कि मतदान सकिएपछि मतपेटिका सँगसँगै पार्टी प्रतिनिधिहरू पनि हुन्छन् । तर, तिनीहरूलाई सँगैसँगै मतगणना केन्द्रमा लैजाने काम भएको छैन । एउटा पनि प्रतिनिधिलाई मटपेटिका लैजाने ठाउँमा लगिएन ।
० तपाइँको भनाइअनुसार धाँधलीमा पर्यवेक्षक र कर्मचारीहरूको पनि संलग्न थिए ?
— निरीक्षक र पर्यवक्षेक त निर्वाचनको क्रममा न बस्ने हो । र, बुथहरूमा निरीक्षण गर्ने हो । त्यहाँ त केही भएकै छैन । धाँधली त बाटोमा भएको हो । मतदानस्थल र मतगणनास्थलको बीचमा भएको हो नि ।
० मतगणना गर्ने स्थानसम्म मतपेटिका कसले लगेका थिए ?
— मतपेटिका त प्रहरीले ल्याउने हो । निर्वाचन आयोगको निर्देशिकामा स्पष्ट उल्लेख गरिएको छ कि मतदान प्रतिनिधिहरूसँगै मतपेटिका ल्याउनुपर्छ । तर, त्यसो गरिएको छैन । र, हाम्रो प्रतिनिधिलाई पनि त्यहाँ राखिएको छैन ।
० सम्पूर्ण मधेशवादी दलले चुनावमा धाँधली भयो भन्छन् । वास्तवमा पूरै मधेशमा धाँधली भएको हो त ?
— मधेशमा मात्र होइन देशमा नै पूरा धाँधली भएको छ । एउटा कुरा के बुझ्नुपर्छ भने जहाँ कांग्रेस र एमालेको प्रतिस्पर्धा छ त्यहाँ केही भएको छैन । जहाँ कांग्रेस वा एमालेको एमाओवादी वा मधेशवादीदलहरूसँग प्रतिस्पर्धा छ त्यहाँ शान्तिपूर्ण भएको छैन । ठाउँ– ठाउँमा मतपेटिकाहरू भेट्नु, सिलहरू भेट्नु यसको मतलब के हो । यसको अर्थ यो त शान्तिपूर्ण धाँधली हो । कसैलाई थाहा पनि नहोस् तर पार्टीको जित होस् भन्ने नै हो नि । हामीलाई त प्रहरी कार्यालयमा छिर्न पनि दिएको छैन । अनि हामीले कसरी प्रमाण ल्याउने ।
० तपाइँको पार्टी अध्यक्ष विजयकुमार गच्छदार र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि पनि धाँधली गरेको उजुरी छ नि ?
— उहाँहरूमाथिको उजुरीमा केही भन्न सक्दिन । संविधानसभा अदालतमा उजुरी त परेकै हो । त्यो कुरा त अदालतले छिनोफानो गर्छ । तर, हाम्रो इशारामा राज्यको प्रहरी प्रशासन त हिड्ने होइन नि । विजय गच्छदार वा उपेन्द्र यादवजीसँग राज्यको पुलिस प्रशासन हिडेको छैन नि । तर, माधव नेपाल पूर्वप्रधानमन्त्री भएकाले प्रहरी प्रशासन उनको पक्षमा हिँडेको देखियो ।
० मधेशवादी दलहरू अप्रत्यासित रूपमा पराजित हुनको प्रमुख कारण के हुन सक्छ ?
— यसको मुख्य कारण त मधेशवादी दलहरूमा टुटफुट हुनु नै हो । मधेशवादी दलहरूले पहिचानसहितको संघीयताका नाराहरू र अन्य नाराहरू पनि जनताको घरदैलोमा पु¥याउन सकेनन् । त्यो नै प्रमुख कारण हो जस्तो लाग्छ । तपाइँमार्फत यहाँका मतदाताहरूलाई मैले यही कुरा नै भन्न खोजेको छु ।
० मधेशवादी दलहरू हार्नुको मुख्य कारण उनीहरूबीच एकता र सहकार्य हुन नसक्नु नै हो त ?
— त्यो पनि हो । यदि मधेशवादी दलहरूले मोर्चा बनाएर चुनावमा गएको भए जित हुन पनि सक्थ्यो । अहिलेको परिणाम जुन देखाइएको छ वा अब आएको छ भनौं यदि मधेशवादी दलहरू मिलेर गएको भए त्यसमा ठूलो परिवर्तन हुन्थ्यो । मधेशवादी दलहरू एक भइदिएको भए आम मधेशी जनतामा पनि सकारात्मक सन्देश जान्थ्यो होला । र, हामी पनि धाँधलीको विरूद्धमा लड्न पनि बल पुग्थ्यो कि । मलाई लाग्छ अब मधेशी दलका नेताहरूले एक भएर जानेतर्फ ध्यान दिन्छन् । अबको दिनमा मधेशी नेताहरूले कार्यगत एकता गरेर एउटा गठबन्धन बनाएर अगाडि बढोस् भन्ने हाम्रो चाहना छ ।
० तपाइँको पार्टीको केन्द्रीय समितिको बैठक पनि तीन दिनसम्म चल्यो । त्यसमा के–के निर्णयहरू भए ?
— राष्ट्रिय कार्यसमितिको बैठकमा हामीले चार–पाँचवटा निर्णयहरू गरेका छौं । निर्वाचनमा देशभरमा सुनियोजित तरिकाले धाँधली भएकाले यसको विरोध गर्ने निर्णय हामीले गरेका छौं । यो कुरा हामीले पत्रकार सम्मेलनमार्फत पनि जानकारी गराएका छौं । र, पहिचानसहितको संघीयताबाट पछाडि नहट्ने पनि हामीले निर्णय गरेका छौं । हामीले भनेका छैनौं कि कांग्रेसको नेतृत्वको सरकारमा सहभागी हुन्छौं भनेर र हामी सरकारमा जाने नजाने निर्णय पनि भएको छैन । हाम्रो प्रमुख मुद्दा संविधान निर्माण गर्नु हो ।
० तपाइँले धाँधली भएको भन्नुहुन्छ । यदि अदालतले तपाइँको पक्षमा निर्णय गरेन भने के गर्नुहुन्छ ?
— हामीले न्याय दिने ठाउँमा उजुरी दिएका छौं । हामी अदालतको निर्णय पनि पर्खन्छौं । त्यसपछि के गर्ने र कुन दिशामा जाने पछि निर्णय गछौं ।
० तपाइँको पार्टी अध्यक्षले अब सम्पूर्ण मधेशवादी दललाई एकै ठाउँमा ल्याउनुपर्छ भनेर भन्नुभएको थियो । के यो सम्भव छ ?
— मधेशवादी दलहरू एक ठाउँमा नआए त अर्को विकल्प नै छैन । र, भोलिको दिनमा झन् ठूलो समस्या पर्छ । अब पनि मधेशवादी दलहरू एक ठाउँमा आएनन् भने त खसवादीहरूले झन् च्याप्ने काम गर्नेछन् । त्यसैले अब सम्पूर्ण मधेशवादी दलहरू एक हुनुको विकल्प नै छैन । सबै एक भएर अब आफ्नो अधिकारप्रति पूर्ण सजक र सर्तक भएर संविधानमा आफ्नो अधिकार कसरी सुनिश्चित हुन्छ, पहिचानसहितको संघीयताको सवाललाई संविधानमा कसरी लेख्न सकिन्छ र यसको सुनिश्चितताका लागि पनि मधेशवादी दलहरूलाई एक भएर जान जरूरी छ ।
० मधेशवादी दलहरू आन्दोलन गर्दा वा सत्तामा जान लाग्दा मोर्चा एकदम जिवित भएर आउँछ । उनीहरू विभिन्न किसिमका सम्झौता पनि गर्छन् । तर, सरकारमा गएपछि यी सबै कुरा हराउँछन् । किन होला ?
— यो नै हाम्रो दुर्भाग्य नि र यही हाम्रो बिडम्वना हो । हाम्रो मुद्दा एक छ । हाम्रो बाटो एक छ । हामी पार्टी मात्र फरक छौं नि । लक्ष्य पनि एउटै छ कि मधेशी जनताको अधिकार सुनिश्चित गरौं । त्यसमा पहिचानसहितको संघीयता स्थापित गराउनेलगायत छन् । सर्यौ वर्षदेखिको विभेदको शिकार मधेशी जनता मात्र होइनन् । आदिवासी, जनजाति, महिला, मुस्लिमलगायत विभेदमा परेका छन् । यी सबैका अधिकार सुनिश्चितता गर्नु मधेशवादी दलको साझा मुद्दा हो । हामी जबसम्म एक भएर जाँदैनौं तबसम्म हाम्रो जित सुनिश्चित हुन सक्दैन ।ग


0 comments
Write Down Your Responses