गणेश लामाको भोट एमाओवादीकै हाराहारीमा हिमालमा मधेसी दललाई न्यून मत

१७ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा जेल बसेर छुट्नासाथ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा प्रत्यक्षतर्फको चुनाव लड्न पुगेका गणेश लामा सो पार्टीका तर्फबाट पहाडी जिल्लामा सबैभन्दा धेरै भोट ल्याउने उम्मेद्वार ठहरिएका छन् । ‘डन’ आरोपी लामाले झण्डै-झण्डै एमाओवादीका उम्मेद्वारकै हाराहारीमा मत पाएका छन् ।
ganesh-lamaविजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका उम्मेद्वारले तराईमा सामान्यतः राम्रै मत पाए पनि पहाडी जिल्लामा कतै पनि १ हजार मत कटाएका छैनन् । ‘डन’ भनिएका गणेश लामाले भने काभ्रे क्षेत्र नं २ मा ४ हजार ९ सय ८ मत प्राप्त गरेर गच्छदारको पार्टीलाई चौथो शक्ति बनाएका छन् । सो क्षेत्रमा एमाओवादीका अक्कलबहादुर थिङले १ हजार ५ मतमात्रै बढी पाएर तेस्रो बनेका छन् । एमाओवादीका थिङको ५ हजार ९ सय १३ मत आएको छ । ‘डन’ आरोपी लामा एक्लैले झण्डै एमाओवादीको हाराहारीमा मत ल्याउनुले काभ्रेमा उनको प्रभाव या चलखेललाई राम्रैसित सतहमा ल्याएको छ ।
काभ्रेका ४ वटा क्षेत्रमध्ये २ नम्बरमा गणेश लामाले झण्डै ६ हजार मत पाए पनि फोरम लोकतान्त्रिकका उम्मेद्वारले क्षेत्र नं १ मा १ सय ९९ मतमात्रै पाएका छन् । त्यस्तै क्षेत्र नं ३ मा २ सय ५९ मत र क्षेत्र नं ४ मा ४७ मतमात्रै झरेको छ । अर्को रोचक पक्ष के छ भने लामाले ४९ सय मत ल्याएको काभ्रेमा फोरम लोकतान्त्रिकलाई समानुपातिकतर्फ भने जम्माजम्मी ३ सय ७ मतमात्रै परेको छ ।
उता मोरङ २ मा ज्यानमार्ने उद्योगको अभियोग लागेका फोरम लोकतान्त्रिकका उम्मेद्वार जयराज संयोकले ४ सय ८६ मत पाएका छन् । सम्पत्ति शुद्धीकरणको आरोप लागेका फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामाको भन्दा जयराजको प्रभाव धेरै कमजोर देखिएको छ ।
हिमालमा मधेसी दललाई न्यून मत
दोस्रो संविधानसभाको चुनावमा विजय गच्छदारको फोरम लोकतान्त्रिकले कणर्ालीको हुम्लाबाट समानुपातिकतर्फ एक सय ३६ मत पाएको छ । सोही जिल्लाबाट तमलोपाले ७ र फोरम नेपालले ६ भोट पाएका छन् । दूर्गम जिल्ला मुगुबाट फोरम लोकतान्त्रिकले १ सय भोट पाएको छ ।
संविधानसभा निर्वाचनमा मधेसवादी दलहरुलाई थोरैमात्र भए पनि हिमाली जिल्लाबाट समेत भोट झरेको छ । देशभरका १२ भन्दा बढी हिमाली जिल्लाबाट तराईमा मात्रै पकड भएका केही मधेसवादी दलहरुलाई भोट झरेको हो ।
एक मधेस एक प्रदेश नारा बोकेका अन्य मधेसी दलले भन्दा तराई मधेस दुई प्रदेश प्रस्ताव गरेको फोरम लोकतान्त्रिकले हिमाली जिल्लाबाट बढी भोट पाएको हो । फोरम लोकतान्त्रिकले डोल्पाबाट एक सय ३२ भोट पाएको छ । त्यसैगरी तमलोपाले ६८ र फोरम नेपालले ८ भोट मात्रै पाएको छ ।
पश्चिमाञ्चलमा रहेका हिमाल पारिका मुस्ताङ र मनाङबाट पनि मधेसी दललाई भोट झरेको छ । मनाङबाट तमलोपाल ३२ भोट पाएको छ भने फोरम लोकतान्त्रिकलाई ९ भोट झर्दा फोरम नेपाले भने १ भोट मात्र पाएको छ ।
अर्को हिमाल पारिको जिल्ला मुस्ताङबाट फोरम लोकतान्त्रिकले १३ भोट ल्याएको छ । त्यसैगरी तमलोपाले ८ र फोरम नेपालको भागमा ४ भोट परेको छ ।
एकीकृत माओवादीका नेता बाबुराम भट्टराईको गृहजिल्ला गोरखाबाट फोरम नेपाललाई ११ भोट, फोरम लोकतान्त्रिकलाई ९ भोट खसेको छ । त्यसैगरी रसुवामा फोरम लोकतान्त्रिकलाई ५२ र फोरम नेपाललाई ९ र जनतान्त्रिक तराई मक्ति टाईगर्सलाई २ भोट खसेको छ । सिन्धुुपाल्चोकमा फोरम लोकतान्त्रिकलाई २ सय ५० भोट र तमलोपालाई ९५ भोट खसेको हो ।
पूर्वको हिमाली जिल्ला सोलुखुम्बुबाट फोरम लोकतान्त्रिकले ६० भोट, फोरम नेपालले ३७ भोट र तमलोपा १ सय २८ भोट पाएको छ । ताप्लेजुङमा तमलोपालाई ९९ भोट, फोरम लोकतान्त्रिकलाई ४४ भोट र फोरम नेपाललाई २४ भोट झरेको छ ।
०६३ को मधेस आन्दोलनबाट फस्टाएका मधेसी दलहरुले पहिलो संविधानसभा निर्वाचनबाट पाएको सफलतालाई विस्तार गर्न हिमाली जिल्लासम्म संगठन विस्तार गरेर भोट झार्न खोजेका मधेसी दलहरुले सफलता भने हासिल गर्न सकेनन् ।
कुनै बेला एउटै संगठनमा रहेका मधेसी दलका नेताहरु अहिले आधा दर्जनबढी पार्टी खोलेर सकृय भएपछि उनीहरुले पाउने भोट बाँडिदा चुनावी परिणाम पनि उनीहरुले आँकलन गरे भन्दा फरक भएको हो । पहाडी र हिमाली जिल्लामा संगठन नै नभए पनि उमेदवार दिएका मधेसवादी दलहरुलाई हिमाली जिल्लाको भोटले समानुपातिकमा थोरै भए पनि सहयोग पुर्‍याएको छ ।
हिमाली जिल्लाबाट भोट पाउने दलहरुमा फोरम (लोकतान्त्रिक), फोरम नेपाल र तमलोपा रहेका छन् । मधेसवादी दलले पहाड र हिमाली जिल्लाबाट भोट तान्न चुनावअघि ती जिल्लामा पनि संगठन विस्तार गरेका थिए । राजेन्द्र महतोको सद्भावना पार्टीले तराईरमधेससहित ६४ जिल्लामा संगठन विस्तार गरेको थियो । त्यसैगरी फोरम नेपाल र फोरम लोकतान्त्रिकले धेरैजसो पहाडी र हिमालीसहित ४० भन्दा बढी जिल्लामा संगठन बनाएका थिए ।
मधेसवादी भएर पहाड र हिमाल बस्नेहरुको भावनामा चोट पुर्‍याएको आरोप लागेपछि केही मधेसवादी दलहरुले संगठन विस्तार गरेपछि हिमाली भेगबाट समेत भोट पाएका हुन् । साथै समानुपातिकतर्फ कर्मचारीहरुले अस्थायी मतदाताका रुपमा मतदान गर्न पाएकाले हिमाली भेगमा कार्यरत मधेसी मूलका कर्मचारीलेसमेत मधेसवादी दललाई मतदान गरेको पाइएको छ । पहाडी जिल्लामा उमेदवारी दिएर राम्रै भोट तानेका मधेसवादी दलले हिमाली जिल्लाबाट भने सयको आँकडामा मात्र भोट पाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.