लामखुट्टेविरुद्धको औषधि क्लब थन्काइयो
२० मङ्सिर ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा लामखुट्टेले अति दुःख दिए पनि स्थानीय महोत्तरी क्लबमा महिनँैदेखि लामखुट्टेविरुद्धको औषधि थन्किएको
छ ।
जलेश्वरमा गत जेठ महिनामै भएको संसारीमाईको महापूजाभन्दा अगाडि नै जलेश्वरभरि छरिने उद्देश्यले ल्याइएको २५ डिब्बा लामखुट्टेको औषधि अझै पनि सो क्लबमै थन्किएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले त्यसबेला जलेश्वरमा छर्नका लागि उपलब्ध गराएको सो औषधि महापूजा समितिले आप्mनो लागतमा छर्न लगाउने भने पनि समितिले औषधि छर्कन नसकेपछि त्यसै थन्किएको हो ।
खासगरी, महोत्तरी क्लब र जलेश्वर नगरपालिकामध्ये कसले औषधि छर्ने विषयमा असमझदारी भएपछि औषधि त्यसै अलपत्र परेको हो ।
जलेश्वर नगरपालिकाका प्रमुख रमेश दासले नपाको लगानीमा औषधि छर्कने वाचा गर्नुभएको पनि महिनौ भइसकेको छ तर त्यो वाचा पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।
लामखुट्टेविरुद्धको औषधि छर्किने क्रममा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पनि आवश्यक उपकरण र ट्याङ्की उपलब्ध गराउने वाचा गरेको जनाइएको छ ।

0 comments
Write Down Your Responses