नयाँ वर्षमा होस गर्नुहोला, होटलमा कोठा नपाइएला ! अंग्रेजी नयाँ वर्षमा देशभरिका होटल खचाखच

तपाई अंग्रेजी नयाँ वर्ष मनाउन सपरिवार पोखरा, चितवन वा अन्य कुनै शहरतिर जाँदै हुनुहुन्छ भने पहिल्यै विचार पुर्‍याउनुहोला, तपाईले राति बास बस्ने होटल नपाउन सक्नुहुन्छ ।
अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा राजधानीलगायत मुख्य पर्यटकीय क्षेत्रका होटलहरु खचाखच हुन थालेका छन् । अधिकांश पर्यटकीय होटलहरुमा नयाँ वर्ष आसपास खाली कोठाहरु भेट्टाउन मुस्किल पर्न थालेको छ । नयाँ वर्षको दुई दिन अगाडि र पछाडि होटलमा कोठा भेट्टाउन मुस्किल पर्ने व्यवसायीहरु बताउँछन् ।
Solty-crowne-plaze
पछिल्लो समय विभिन्न मुलुकबाट नयाँ बर्ष मनाउन नेपाल आउने पर्यटकहरुको संख्या बढ्न थालेपछि होटलहरु महिना दिन अगाडि नै बुकिङ हुने गरेका छन् । राजधानीका तारे होटलसहित पोखरा, लुम्विनी, सौराहा, मेघौली, बर्दीया, उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश होटलका रुमहरु बुकिङ भइसकेको व्यवसायीहरुले बताएका छन् ।
नयाँ वर्षको अवसरमा घुम्न जाने नेपालीहरुको संख्यामा समेत वृद्धि हुन थालेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको चाप बढ्न थालेपछि नयाँ वर्षमा होटलहरुको ‘अकुपेन्सी रेट’ शत प्रतिशत पुग्न थालेको होटल व्यवसायी संघ नेपाल (हान) का अध्यक्ष श्यामसुन्दर लाल कक्षपती बताउनुहुन्छ । नयाँ वर्षमा होटलहरुले पर्यटक लक्षित विभिन्न आकर्षक प्याकेजहरु समेत ल्याउने गर्छन् ।
राजधानीको रौनक
राजधानीको कालीमाटीमा रहेको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा पनि नयाँ वर्षमा खचाखच हुनेभएको छ । दुई सय ८२ रुम रहेको सोल्टीले पनि नयाँ वर्षमा विभिन्न प्याकेजहरु बनाएको छ । होटलले अतिथी सत्कारका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गर्दै छ । अन्य समयमा भन्दा नयाँ वर्षमा विदेशीहरुको आगमन बढी हुने होटलकी मार्केटिङ म्यानेजर रिना शर्माले जानकारी दिनुभयो ।
radission-hotel
राजधानीको मुटुमा रहेको पाँचतारे र्‍याडिसन होटलमा डिसेम्बरमा होटल बुकिङ दर ७५ देखि ८० प्रतिशतको हाराहारीमा रहेको छ । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १० प्रतिशतले बढी हो । तर, नयाँ वर्षमा भने होटल ९० प्रतिशतभन्दा बढी भरिने होटलको पब्लिक रिलेसन विभागकी असिस्टेन्ट म्यानेजर करुणा मानन्धरले बताउनुभयो ।
दुई सय ६० रुम क्षमता भएको र्‍याडिसनले पनि नयाँ वर्षलाई लक्षित गरेर विभिन्न प्याकेजहरु ल्याएको मानन्धरले जानकारी दिनुभयो । नयाँ वर्षको पूर्वसन्ध्या डिसेम्बर ३१ तारिखका लागि होटलले ‘न्यू इयर्स इभा गाला बफेट डिनर’ प्याकेज ल्याएको छ ।
लाइभ डिजे म्यूजिक तथा डान्सको मज्जा लिँदै विभिन्न खानाका परिकार, भोड्का, विस्की, वाइन, वियर र कोकजस्ता हार्ड तथा सफ्ट डिङ्स लिन सकिने छ । उक्त प्याकेजमा सहभागी हुन एक जनाका लागि ५ हजार ५ सय ५५ रुपैयाँ र दुईजनाका लागि ९ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
annapurna-hotelराजधानीकै पाँचतारे होटल अन्नपूर्ण डेलको अकुपेन्सी रेट अहिले ६५ देखि ७० प्रतिशतसम्म भए पनि नयाँ वर्षमा ९० प्रतिशत नाघ्ने बताइएको छ । क्रिसमसको समयमा विदेशीहरु आफ्नो देश फर्किने हँुदा ‘अकुपेन्सी’ घटेको होटलको दाबी छ । नयाँ वर्षमा अन्नपूर्णमा निमा रुम्बा र क्षितिजा शाक्यले सांगीतिक प्रस्तुती दिने भएका छन् ।
अनलिमिटेड डि्रङ्ससहित विभिन्न खानाका परिकारको स्वाद लिँदै सांगीतिक कार्यक्रममा रमाउन प्रति व्यक्ति ८ हजार रुपैयाँ र दुइ जनाका लागि १३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ । घरी कवाफमा हुने उक्त कार्यक्रममा बलिउड नाइट समेत आयोजना हुने बताइएको छ ।
राजधानीको बानेश्वरमा सञ्चालित पाँचतारे एभरेष्ट होटलमा नयाँ वर्षको लागी सत् प्रतिशत रुमहरु बुकिङ भइसकेका छन् । होटलकी सेल्स कोर्डिनेटर सिर्जना महर्जनका अनुसार अहिले ८० प्रतिशतको हाराहारीमा भरिएका रुमहरु नयाँ वर्षमा भरिभराऊ हुनेछन् ।
एभरेष्ट होटलले नयाँ वर्षका लागि भनेर स्पेशल प्याकेज समेत बनाएको छ । नयाँ वर्षमा एभरेष्ट होटलमा फेसन शो आयोजना गरिनुका साथै चर्चित ब्याण्डद्धारा सांगितिक प्रस्तुति समेत हुनेछ । एभरेष्टमा ६ वटा डिलक्स स्वीटसहित १ सय ६० वटा कोठाहरु रहेका छन् ।
hotel-pokhara-grande
पोखराको प्याकेज
अहिले ५० प्रतिशत अकुपेन्सी रहेको पोखराको पाँचतारे फुलवारी होटल नयाँ वर्षमा ९० प्रतिशतभन्दा बढी भरिने भएको छ । नयाँ वर्षमा खासगरी लेकसाइडमा रमाउन चाहानेहरु बढी हुने हुँदा फुलवारी रिसोर्ट खचाखच भने हुनेछैन । नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडमा आयोजना गर्न लागिएको स्टेट फेस्टिवलका कारण पर्यटकहरुको घुईंचो लेकसाइडमा लाग्ने एसोसियट डाइरेक्टर मञ्जु सुब्बाले बताउनुभयो । फुलवारी रिसोर्ट लेकसाइड भन्दा धेरै टाढा भएकाले पनि प्रभावित हुन पुगेको हो ।
त्यसो त नयाँ वर्षमा पोखरामा विदेशीमात्र नभई स्वदेशी पर्यटकहरुको समेत घुईंचो लाग्ने गर्छ । कम खर्च गर्नेहरु लेकसाइडमा रमाउने र धेरै खर्च गर्न सक्नेहरु फुलवारी होटलमा आउने उहाँको दाबी छ । खासगरी पोखरामा अमेरिकन, यूरोपियन, इन्डियन, चाइनिज पर्यटकहरु जाने गरेका छन् । १६५ रुमहरु भएको फुलवारी रिसोर्टले नयाँ वर्षको अवसर पारी डिजे लाइभ कन्सर्ट, ब्यान्डको सांगितिक प्रस्तुति देखाउने भएको छ ।
पोखरामा स्वदेशीको पनि उत्तिकै भिड
नयाँ वर्षमा पोखरामा विदेशी पर्यटकहरु भन्दा स्वदेशी पर्यटकहरुको भिड लाग्ने गरेको छ । नयाँ वर्षमा छुट्टी मनाउन जाने परिवार, जोडा-जोडीहरुको संख्या बढी हुन्छ । जस्ले गर्दा नयाँ वर्षका लागि पोखराका साना-ठूला सबै होटलका रुमहरु बुकिङ भइसकेको होटल फेवा होली डे ईनका सञ्चालक सुरेश दाहाल बताउनुहुन्छ ।
Tourist
नयाँ वर्षमा पोखरामा आउने पर्यटकहरु स्वदेशी विदेशी ५०/५० प्रतिशतको हाराहारीमा हुने गरेको दाहालको अनुभव रहेको छ । उहाँका अनुसार विगतका वर्षहरुमा जस्तै यस वर्षपनि पोखराका सबै होटलहरु बुकिङ भइसकेका छन् । आफ्नो होटल केही दिन अगाडी नै फुल प्याक भइसकेको जानकारी दिँदै उहाँले यस वेला थप रुमहरुको आवश्यकता पर्ने गरेको बताउनुभयो ।
मुख्य पर्यटकीय गन्तव्य पोखरामा अहिले ठूला-साना गरी ५ सय होटलहरु सञ्चालनमा रहेका छन् । नयाँ वर्षमा पोखराको लेकसाइड दूलहीजस्तै सिँगारिन्छ भने विभिन्न मेला महोत्सव समेत आयोजना गरिदै आएको छ ।
सौराहा पनि भरियो
त्यसैगरी, सौराहा, लुम्विनी, जिरी, नेपालगञ्ज, बर्दिया, लुक्ला लगायतका पर्यटकीय स्थलका होटलहरु पनि आन्तरिक तथा वाहृय पर्यटकले बुकिङ गरिसकेका छन् । सौराहामा नयाँ वर्ष पारी आयोजना गरिन लागेको हात्ति महोत्सवले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । अहिले सौराहाका अधिकांश होटल भरिसकेको जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले बताउनुभयो । सौराहामा स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्दै गइरहेको छ ।
Hatti

0 comments

Write Down Your Responses

Powered by Blogger.