हिमालयन बैंक सञ्चालक समितिलाई राष्ट्र बैंकको चेतावनी

१७ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको सञ्चालक समितिलाई व्यवस्थापनमा अनावश्यक हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बैंक सञ्चालक समिति अध्यक्ष मनोजबहादुर श्रेष्ठले व्यवस्थापनको काममा हस्तक्षेप गरेको भन्दै त्यसलाई तत्काल रोक्न राष्ट्र बैंकले निर्देशनसहितको चेतावनी दिएको हो ।
राष्ट्र बैंकको स्थलगत निरीक्षणले अध्यक्ष श्रेष्ठले व्यवस्थापनको काममा हस्तक्षेप गरेको प्रमाण भेटेको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा बैंकको व्यवस्थापनको जिम्मेवारी माथि सञ्चालक समितिले हस्तक्षेप गर्न पाईदैन ।
Nrb-and-Himalayan-Bank
हाल बैंकको मुख्य कार्यालय रहेको कमलादीस्थित भवन निर्माणमा बैंकका अध्यक्ष मनोज श्रेष्ठले व्यवस्थापनको काममा हस्तक्षेप गरी मोटो रकम कमिशन खाएको आरोप छ । उक्त भवन निर्माणका क्रममा अध्यक्षलाई सीधै परिपोर्टिङ्ग गर्नुपर्ने सञ्चालक समितिले निर्णय गरेको थियो । त्यसैगरी कन्सल्ट्यान्ट नियुक्तिमा पनि अध्यक्ष श्रेष्ठले ठाडो हस्तक्षेप गरेका थिए । उक्त भवन निर्माण गर्न कूल ३७ करोड रुपैयाँ खर्च गरिएको थियो । तर, बैंकमा विछ्याइएका मार्वलहरु फुट्न थालेका छन् ।
बैंककै कर्मचारीले गत वर्ष भिष कार्ड दुरुपयोग गरेपछि बैंकले करोडौंको क्षति व्यहोर्नुपरेको थियो । ती कर्मचारीलाई अहिलेसम्म कारवाही गरिएको छैन । राष्ट्र बैंकले सञ्चालक समितिको अनावश्यक हस्तक्षेपका कारण बैंकको व्यवस्थापन कमजोर भई निक्षेपकर्ताको निक्षेप जोखिममा पर्नसक्ने निष्कर्ष निकाल्दै आगामी दिनमा यस्तो हस्तक्षेप नगर्न अध्यक्ष श्रेष्ठका नाममा चेतावनीपत्र पठाएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.