धनुषा नर्सिङ्गको स्वामित्व विवादमा नयाँ मोड, प्रहरी र विद्यार्थी बिच झडप (फोटो फिचर सहित)

धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र पिसिएल नर्सिङ्ग प्रोग्राम (नर्सिङ्ग क्याम्पस)का विद्यार्थीहरुले क्याम्पसको स्वामित्व सम्बन्धी विवाद समाधानका लागि छिट्टै पहल गर्न माग गरेका छन् । आज क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरुले क्याम्पसको स्वामित्व सम्बन्धी विवाद निष्कर्ष लगाउन क्याम्पसका निर्देशक डा.संजिव  यादव उपस्थित रहेपनि उमाकान्त चौधरी (पुर्व स्वास्थय मन्त्री एवं आफूलाई क्याम्पसको मालिक बताउने) अनुपस्थित रहेको प्रति आपत्ति प्रकट गरेका छन् । ठगी मुद्दा चलाईएपछि सम्पर्कविहिन बनेका निर्देशक यादवले विद्यार्थीको भविष्य अन्यौलमा नपरोस् भन्दै आफू क्याम्पसमा उपस्थित भएको बताएका थिए । आफू माथि लगाईएको मुद्दा निराधार रहेको र आफूले उठाएको रकम सबै बैंक दाखिला गरेको तर्क प्रस्तुत गर्दै यादवले प्रमाणका लागि बैंंंक स्टेटमेण्टहरु प्रस्तुत गरेका थिए ।
 
 
सर्वोच्च अदालतले  मिति २०७० असोज ७ गते धनुषा अस्पताल तथा अनुसन्धान केन्द्रलाई विद्यार्थी भर्ना गराउनबाट बंचित नगर्न नगराउन सम्बन्धीत सरोकारवालाहरुलाई आदेश दिएपछि अस्पतालले प्रथम बर्षको कक्षा समेत संचालन गरिसकेको जानकारी गराउँदै यादवले कलेजको वास्तविक नाम धनुषा नर्सिङ्ग कलेज नभएर धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र पिसिएल नर्सिङ्ग प्रोगाम रहेको तर्फ ध्यानाकर्षण गराउनुभयो । धनुषा नर्सिङ्ग कलेजमा अध्ययनरत्त विद्यार्थीहरुको प्रमाण पत्रदेखि लिएर प्रवेश पत्र सबैमा धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र नै उल्लेखित रहेको तर्क प्रस्तुत गर्दै यादवले सम्पूर्ण अधिकार अस्पतालमा निहित रहेको दाबी गर्नुभयो । आफूलाई कलेजको मालिक बताउने उमाकान्त चौधरीले स्वयं ठगीको काम गरिरहेको आरोप लगाउँदै यादवले विद्यार्थीहरुलाई रकम जम्मा गर्न धनुषा अस्पतालको खाता नं.मा नभई दर्ता नै नरहेको नेपाल कलेज अफ नर्सिङ्ग एण्ड हेल्थ साईन्सको खाता नं.मा रकम जम्मा गर्न सूचना जारी गर्नु पनि एक प्रकारको ठगी रहेको तर्फ ध्यानाकर्षण गराउनुभयो । 
 
 
हाल क्याम्पसमाथि विभिन्न पक्षको ३० लाख रुपैयाँ भन्दा बढी बाँकी बक्यौता रहेको, पठनपाठन समेत नियमित नभएको , होस्टेल व्यवस्थापन फितलो रहेको र आफ्नो पक्षमा नबोल्ने विद्यार्थीलाई प्रिन्सिपलले धाक धम्की दिने साथै विभिन्न प्रकारको लाञ्छना लाउने गरेको एक विद्यार्थीले नाम नुखलाउने शर्तमा बताईन् । 
डा. यादवले सम्पूर्ण प्रमाणहरुले समेत अस्पतालकै क्याम्पस रहेको प्रमाणित गरिरहँदा समेत उमाकान्त चौधरी पक्षका कर्मचारीहरुले क्याम्पसको वातावरण बिगारेर अस्पतालका कर्मचारीहरुलाई काम गर्नै नदिने वातावरण निर्माण गरेको आरोप लगाउनुभयो । भाडा लिईएका क्याम्पस भवन, होस्टेल लगायतका भवनहरु धनुषा अस्पतालले करारनामा गरेर भाडामा लिएको बताउँदै यादवले सबै थोक अस्पतालकै हुँदा हुँदै स्वामित्व सम्बन्धी विवाद गर्नु कसैको लागि हितकार नहुनेमा जोड दिनुभयो । आफ्नै सम्पत्तिलाई आफ्नो भन्नु र आफू अनुकुल कार्य गर्न खोज्दा विवाद गराईनु र प्रशासनले समेत सहयोग नगरेपछि आफू आश्चर्यचकित भएको यादवको भनाई थियो । कलेजको कर चुक्ता देखि लिएर सबै सरकारी काम काज धनुषा अस्पतालले मात्र गरिरहेको हुँदा कलेज अरुको कसरी भयो ? याद्वले प्रश्न गर्नुभयो । तत्कालिन समयमा उमकान्त चौधरी स्वास्थयमन्त्री रहँदा क्याम्पस खोलाउनमा सहयोग गर्नुभएकोले नैतिकरुपमा मात्र उहाँलाई समेत केही प्रतिशत शेयर दिन सकिने बताउँदै यादवले कानुनीरुपमा क्याम्पसमा उनको कुनै हिस्सा नरहेको दाबी गर्नुभयो ।
 
यादवलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र विद्यार्थी बिच झडप
 
पत्रकार सम्मेलन सके लगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले क्याम्पसका निर्देशक डा. संजिव यादवलाई ठगी मुद्दाको आधार बनाएर नियन्त्रणमा लिन खोज्दा प्रहरी र विद्यार्थी बिच झडप भएको छ । यादवले कुनै पनि विद्यार्थीलाई नठगेको भन्दै विद्यार्थीहरुले प्रहरीलाई अवरोध गरेपछि महिला प्रहरी र  विद्यार्थीहरु बीच झडप भएको थियो । झडपमा परि ३ जना विद्यार्थी घाईते भएका छन् । घाईते हुनेहरुमा नर्सिङ्ग तेस्रो बर्षमा अध्ययनरत्त सबिता केसी, सृजना र ऐशु थापा रहेको बताईएको छ ।
 
 
 
 
प्रहरीको घेरामै भयो पत्रकार सम्मेलन, शुरुमा पत्रकारलाई प्रवेश गर्न दिईएन  
 
बिहान ८ बजे देखिनै निर्देशक डा. संजिव यादवलाई प्रहरीले घेरामा राखेको थियो । विद्यार्थीहरुले कुनै पनि हालतमा पक्राउ गर्न नदिने भन्दै अवरोध गरिरहेका थिए । करिब ८० जना विद्यार्थीहरुका बीच रहेका यादवलाई पक्राउ गर्न प्रहरीले आफ्नो रणनीति तैयारी गर्दै थियो । बिहान करिब १० बजे धनुषा अस्पतालले यादव रहेकै स्थान (नर्सिङ्गक्याम्पस)मा पत्रकार सम्मेलन डाकेको थियो । तर पत्रकार सम्मेलनका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई प्रहरीले १० मिनेट सम्म प्रवेश गर्न दिएन । विद्यार्थीहरु पत्रकारलाई छिर्न दिनुपर्ने भन्दै होहल्ला गरिरहेका थिए । अन्तत ः पत्रकारलाई प्रवेशमा रोक लगाईएपछि धनुषाका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीलाई संचारकर्मीले फोन गरेर त्यहाँ उत्पन्न परिस्थितीका विषयमा जानकारी गराएपछि बल्ल पत्रकारहरु पत्रकार सम्मेलन स्थल सम्म पुगे । पत्रकार सम्मेलन जारी रहँदा समेत प्रहरीको घेरा भने उस्तै थियो । प्रहरीले पत्रकारलाई अवरोध गरेको घटनाको संंचार सम्बद्ध विभिन्न संघसंस्थाले निन्दा गरेको छ ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.