द्वन्द पीडित बालबालिका छात्रवृतिबाट बन्चित
धनुषाका जिल्ला शिक्षा कार्यालय र जनस्वास्थ्य कार्यालय रोगी अवस्थामा रहेका कारण द्वन्द पीडित बालबालिकाले समयमै छात्रवृति पाउन नसकेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । युवा अभियान जनकपुरकोक आयोजना तथा स्थानिय शान्ति समिति र एडभोकेसी फोरमको संयुक्त सहकार्यमा आइतवार जनकपुरमा आयोजित ‘द्वन्द पीडित बालबालिको छात्रवृति सम्बन्धी’ विषयक संवाद कार्यक्रममा वक्ताहरुले द्वन्द पीडितका परिवारजनले आ आफना बाल बालिकाका लागि तोकिएको छात्रवृति प्राप्त गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालयमा निवेदन पत्र दर्ता गराए पनि उनीहरुले छात्रवृति पाउनबाट बञ्चित हुंदै आएको गुनासो गरेका थिए ।
केही परिवारले एडभोकेसी फोरम र केहीले स्थानिय शान्ति समितिको सहयोगमा भने केही स्वयम परिवारले दर्ता गराएका छन । एडभोकेसी फोरम मार्फत १३ जना परिवारले ३६ जना बाल बालिकाको निवेदन २०६८ सालको जेठ र आषढ महिनामा दर्ता गराएको छन भने स्थानिय शान्ति समिति मार्फत ३१ जना परिवारले ६५ जना बालबालिकाको निवेदन पत्र जिल्ला शिक्ष्ाँ कार्यालयमा दर्ता भए पनि हाल सम्म शिक्षा कार्यालयबाट १८ जना बाल बालिकाको हकमा मात्र सिफारिस गरेको पाइएको छ ।
द्वन्दका क्रममा मृत्यु भएका र वेपत्ता पारिएका व्यक्तिको पारिवारिक आर्थिक अवस्था अत्यधिक नाजुक अवस्थामा पुगे पनि शिक्षा कार्यालयबाट छात्रवृति प्रदानमा कुनै प्रकारको पहल हुन सकेको छैन । द्वन्द पीडित कुनै पनि बालबालिका शिक्ष्ाँबाट बन्चित नहुन उद्देश्यले आएको राहत पनि उपलब्ध नभएको प्रति पीडित परिवारले आक्रोश पोख्ने गरेका छन । स्थानिय शान्ति समितिका संयोजक परमेश्वर साहको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा पत्रकार धु्रव कुमार झा, महिला अधिकारकर्मी भारती झा लगायतले बोलेका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले द्वन्द पीडित बालबालिकालाई छात्रवृति दिनमा कुनै प्रकारको कमी कमजोरी गर्न नमिल्नेमा जोड दिदै जिल्ला शिक्ष्ाँ कार्यालय मार्फत छात्रवृति प्रदान गर्नमा पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला शिक्ष्ाँ अधिकारी भने अनुपस्थित थिए । कार्यक्रममा शिक्षा कार्यालयका प्रतिनिधिका रुपमा आएका स्रोत व्यक्ति उद्यव आर्चायले भने छात्रवृति सम्बन्धमा आफूलाई केही जानकारी नभएको भन्दै आफूलाई बचाउ गरेका थिए ।

0 comments
Write Down Your Responses