१६ दलले निर्वाचन आयोगको बैठक बहिष्कार गर्ने निर्वाचनमा धाँधलीको अारोप
मंसिर १७ - निर्वाचन आयोगले समानुपातिकमा दलहरुले पाएको मत र पाउने सिटबारे जानकारी दिन बोलाएको बैठक एमाओवादीलगायत १६ दलले बहिस्कार गर्ने निर्णय गरेका छन् । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले निर्वाचन परिणामबारे छानविन आयोग नबनेसम्म संविधानसभामा नजाने निर्णय गरेको हो ।
बैठकमा सहभागी संघीय समाजवादीका महासचिब राजेन्द्र श्रेष्ठले मंगलबारआयोगको बैठकमा सहभागी नहुने बताए । 'हाम्रा माग पुरा नभएसम्म निर्वाचन आयोगका बैठकमा बहिस्कार गर्छो' उनले भने, 'हामी प्रत्यक्ष जितको र समानुपातिक समासद्लाई पनि पठाउँदैनौ ।'
श्रेष्ठले निर्वाचन परिणामप्रति असन्तुष्ट दल माग पुरा नभए आन्दोलन गर्ने तयारी भएको जनाए ।
बैठकमा सहभागी फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले विभिन्नघट्नाक्रमले चुनावमा धाँधली भएको पुष्टी हुँदै गएको बैठकको निष्कर्ष रहेकोबताए । धाँधलीका विषयमा आफूहरुले उठाएको माग बारे सरकार र निर्वाचन आयोगउदासिन देखिएकोले आयोगले बोलाएको बैठकमा नजाने निर्णय भएको उनले जानकारीदिए । 'अहिलेलाई भोलि आयोगको बैठकमा नजाने निर्णय भएको छ,' उनले भने 'आगामी कार्यक्रम पर्सि बस्ने बैठकबाट तय गरिने छ ।'
बैठकमा एमाओवादी, मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी, सदभावना, तराई मधेस सदभावना, फोरम गणतान्त्रिक पार्टी लगायत १६ दलका नेताहरु सहभागी थिए ।


0 comments
Write Down Your Responses