एचआइभी एड्सबाट सप्तरीमा १७ को मृत्यु

१७ मङ्सिर ।
एचआइभी एड्स सङ्क्रमितमध्ये सप्तरीमा १७ जनाको मृत्यु भइसकेको आइतबार आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।
छब्बीसौं विश्व एड्स दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको कार्यक्रममा एचआइभी एड्स समन्वय समितिका कार्यक्रम संयोजक विष्णुकान्त देवले २०५६ सालयता अहिलेसम्म सप्तरीमा एचआइभी सङ्क्रमणका कारण १७ जनाको मृत्यु भइसकेको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६८/६९ सम्म १२ जना एचआइभी सङ्क्रमितको मृत्यु भएकामा आर्थिक वर्ष २०६९/७० मा थप पाच जनाको मृत्यु भएको उहाले बताउनुभयो ।
विसं २०७० भदौ महिनासम्ममा ६२ पुरुष, ४३ महिला, ४ तेस्रो लिङ्गी र १२ जना बालबालिका गरी सप्तरीमा १२१ जना एचआइभी सङ्क्रमित फेला परेको जानकारी दिदै संयोजक देवले त्यसमध्ये ६० पुरुष, २१ महिला र पाच जना बालबालिकाले नियमित स्वास्थ्य सेवा लिइरहेको बताउनुभयो ।
एचआइभी सङ्क्रमितमध्ये ५० प्रतिशत वैदेशिक रोजगारबाट फर्केकाहरु रहेको देवको भनाइ थियो ।

सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले वैदेशिक रोजगारमा जाने प्रवृत्ति, असुरक्षित यौन सम्पर्कलगायतका कारणले एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले एचआइभी सङ्क्रमणलाई रोकथाम गर्न सबै पक्ष सचेतना जगाउन लाग्नुपर्ने बताउनुभयो ।
यस्तै महोत्तरी जिल्लामा १४० जना एचआइभी सङ्क्रमित रहेको खुलासा भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तथा एड्स समन्वय समितिले विश्व एड्स दिवसको अवसरमा सदरमुकाम जलेश्वरमा आइतबार आयोजना गरेको अन्तक्र्रियामा महोत्तरीमा १४० जना एचआइभी सङ्क्रमित फेला परेको जानकारी दिइयो ।
कार्यक्रममा एचआइभी÷एड्स कार्यक्रमका संयोजक गिरेन्द्र झाले जिल्लाका ७६ गाविस र एक नगरपालिकामध्ये जलेश्वर नगरपालिकासहित ३४ वटा गाविसका १४० जना एचआइभी सङ्क्रमित रहेको जानकारी दिनुभयो । एचआइभी÷ एड्सकै कारण सन् २००८ देखि २०१३ सम्ममा जिल्लामा १२ जनाको
मृत्युसमेत भइसकेको पनि उहाले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.