१० महिनापछि मलेसियामा शेरवहादुरले पाए क्षतिपूर्ति अदालतद्वारा पौने ५ रुपैयाँ क्षतिपूर्ति दिन आदेश

करिव १० महिने लामो कानुनी लडाईपछि मलेसियामा एक नेपाली श्रमिकले करिव चार लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । बाँके महादेवपुरी-७ समशेरगन्ज घर भई जोहोरमा रहेको जेसिवाई कम्पनीमा कार्यरत शेरवहादुर विष्टले आफूले पाउनु पर्ने चार लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाएका हुन् ।malaysia tower
इण्डटियल कोर्टले विष्टको पक्षमा मिलापत्र गराई विष्टले पाउनु पर्ने सवै क्षतिपूर्ति गराउन कम्पनीलाई आदेश दिएको थियो । गएको जनवरीमा कम्पनीले विष्टलाई विभिन्न कारणहरु देखाउँदै जवरजस्ती घर पठाएको थियो । तर उनी नेपाल नफर्की सेनाई एयरपोर्टवाट वाहिर निस्किएर न्यायका लागि लडेका थिए । मलेसियामाको रहेको प्रगशिल प्रवासी श्रमिक मन्चको शरणमा पुगेका विष्टलाई तत्कालै त्यहाँ कार्यरत तानागानिता संस्थामा पुर्‍याइएको थियो ।
संस्थाले निशुल्क रुपमा उनलाई कानुनी लडाई लड्नलाई सघाएको थियो । विहीवार क्वालालम्पुरमा पत्रकार सम्मेलन गरी विष्टले आफुले न्याय पाएको वताए । उनले भने,’हाम्रा अधिकार लिन डराउनु हुँदैन श्रमिकका पनि अधिकार छन् भन्ने कुरा वुझनु जरुरी छ । ‘ प्रगतिशिल प्रवाशि श्रमिक मन्चका महासचिव प्रेम पाण्डेले विष्टको मुद्दा दर्ता गराउँदा विष्टले अव दुःख पायो भन्नेहरु आज उनलाई स्यावासी दिएको वताए । उनले भने,’यो विष्टको मात्रै जित होइन सारा श्रमिकहरुको जित हो । ‘
 

0 comments

Write Down Your Responses

Powered by Blogger.