राजेन्द्र, अनिल र राजकिशोरले पत्नीलाई सभासद बनाए को-को परे ५ सभासदमा ?

सद्भावना पार्टीले पार्टी अध्यक्ष राजेन्द्र महतोको श्रीमतीसहित ५ जना समानुपातिक सभासदको नाम सिफारिस गरेको छ ।
सद्भावनाले निर्वाचन आयोगमा बुझाएको सूचीमा महतो पत्नी सहिलदेवी महतोसहित सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उद्योगी विमल केडिया, नरसिंह चौधरी र मधुरी रानी साह छन् ।
सद्भावनाले समानुपातिक सभासद छान्ने जिम्मा अध्यक्ष महतोलाई नै दिएको थियो । सद्भावानका उम्मेदवार प्रत्यक्षमा धनुषा ४ बाट संजय साहले मात्र जितेको थियो भने समानुपातिकमा ५ सिट पाएको थियो ।
यस्तै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरिता यादवलाई समानुपातिक सभासदमा सिफारिस गर्नु भएको छ भने संघीय सद्भवनाका अनिल झाले पत्नी डिम्पलकुमारी झालाई सिफारिस गर्नु भएको छ । फोरम गणतान्त्रिक र संघीय सद्भावनाले एक-एक सिट जितेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.