‘धाँधली भयो,फेरी चुनाव गराउ

संबिधान सभा चुनावमा धनुषा–५ बाट नराम्ररी पराजित भएका नेकपा एमालेका उम्मेदवार रघुबीर महासेठले चुनावमा धाँधली भएको आरोप लगाउ“दै पूनःचुनावको माग गरेकाछन ।
राजधानी काठमाण्डौमा आइतबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा धनुषा क्षेत्र नं ५ मा डा. चन्द्रमोहन यादवलाई जिताउन नेपाली कांग्रेसले ब्यापक धा“धली गरेको आरोप लगाए ।डा.यादव राष्ट्रपति पुत्र रहेको उल्लेखगर्दै उनले धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी नै मतपेटिका बदल्ने लगायतका काम गरेको आरोप लगाए ।
उनले प्रहरीले मतदान गरेको,पा“च वटा मतपेटिका फेरिएकोले पूनःचुनाव हुनुपर्ने माग गरे ।तर उक्त क्षेत्रमा भएको उपचुनावमा उनले सशस्त्र र नेपाल प्रहरीको सहयोगमा मिथिलेश्वर, गोपालपुर, सखुवा महेन्द्रनगर लगायत पा“चवटा गाविसमा बुथ छापेको आरोप खेप्नु परेको थियो ।सशस्त्र प्रहरीका तत्कालिन मध्यमाञ्चल डीआईजी शैेलेन्द्र श्रेष्ठको सकृयतामा ब्यापक धा“धली गरिएको आरोप लागेको

0 comments

Write Down Your Responses

Powered by Blogger.