माओको सिद्धान्तलाई अझै विकसित गर्ने वैद्यको दाबी
११ पुस, काठमाडौं । नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्यले चिनियाँ नेता माओत्सेतुङका सिद्धान्तलाई क्रान्तिमा प्रयोग गर्ने र अझ विकसित गर्ने बताउनुभएको छ । माओ जयन्तीको अवसरमा विहीबार अबेर जारी वैद्यको वक्तव्यमा यस्तो प्रतिवद्धता जनाइएको हो । यसअघि विहीकार विहानै एमाओवादी अध्यक्ष प्रचण्डले जारी गर्नुभएको वक्तव्यमा पनि माओवादीलाई विकसित गर्ने बताइएको थियो ।
‘खासगरी हाम्रो जस्तो अर्ध–सामन्ती र अर्ध/नव–औपनिवेशिक देशमा क्रान्तिको विज्ञानको रुपमा माओका सिद्धान्त, अनुभव र योगदानहरु अझ बढी पथप्रदर्शक छन्, वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माओको यस १२०औं जन्मदिवसको उपलक्ष्यमा हामी उहाँका योगदानहरुलाई पुनः स्मरण गर्न चाहन्छौं, उहाँका शिक्षाहरुलाई जीवन–व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं र उहाँका सिद्धान्तहरुलाई क्रान्तिमा प्रयोग गरी अझ विकास गर्ने कटिबद्धता समेत प्रकट गर्न चाहन्छौं।

0 comments
Write Down Your Responses