लिबियामा आत्मघाती हमला
लिबियामा भएको एक आम्तघाती बम विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी प्रहरी जवान सख्त घाइते भएका छन् ।
बेन्गाजी सहरको एक प्रहरी चेकपोष्टमा उक्त विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीले उक्त हमलालाई आतंककारी हमलाको संज्ञा दिँदै यस्ता हमला तत्काल रोक्न विद्रोहीलाई चेतावनी दिएका छन् ।
सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीलाई सत्ताच्युत गरेपछि लिबियामा शान्ति स्थापना हुन नसकेपछि उक्त समयका विद्रोही गुटले आत्मघाती हमला गर्दै आएका छन् । त्यहाँका नागरिकले त्यस्ता गुटलाई कि सैन्य कार्वाही गर्नु पर्ने वा सेनामा समायोजन गर्नु पर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

0 comments
Write Down Your Responses