संविधानसभा सदस्य छनोटका लागि बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजपनि बस्ने भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा संविधानसभामा समानुपातिक सदस्य छनौट गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्य छनोटका लागि आवश्यक मतसङ्ख्या हासिल गरेका जिल्लालाई प्रतिनिधित्व गर्ने गरी महिला, दलित, उत्पीडित अल्पसङ्ख्यक, पीछडिएका समुदायको सन्तुलन मिलाएर जानुपर्ने सुभाव नेताहरूबाट आएको बताउनुभयो । प्रत्यक्षमा एक सिट पनि नजितेको राप्रपा नेपालले समानुपातिक तर्फ २४ वटा सिट प्राप्त गर्दै चौथो स्थानमा आईपुगेको छ । उसले निर्वाचन आयोगले भनेको आगामी मंगलबार भित्रै समानुपातिक तर्फ विजयीहुने सभासदको टुंगो लगाउने गरि काम अगाडि बढाएको छ ।

0 comments
Write Down Your Responses