जुत्ता मेला ३५ हजारले हेरे, २० हजार जोर बिक्री

राजधानीको भृकुटीमण्डमा आयोजना गरिएको छालाजन्य जुत्ता-चप्पल तथा वस्तु प्रर्दशनी सोमबार सम्पन्न भएको छ । सात दिनसम्म चलेको मेलामा १ लाख ३५ हजार उपभोक्ता अवलोकन तथा किनमेलका लागि पुगेका छन् । मेला छाला जुत्ता तथा वस्तु उत्पादक संघले आयोजना गरेको थियो ।
Jutt-Mela-6
मेला सोचेभन्दा भव्य रुपमा सम्पन्न भएको मेला संयोजक कृष्ण कुमार फुयाँलले बताउनुभयो । उपभोक्ताको सदासयता उत्साहजनक रहेको बताउँदै उहाँले विगतका वर्षमा भन्दा यसपटक भिड बाक्लो लागेको दाबी गर्नुभयो । मेलामा जुत्ता-चप्पलको बिक्री समेत राम्रो भएको छ । उहाँका अनुसार मेला अवधिभर २० देखि २२ हजार जोरसम्म जुत्ता-चप्पलहरुको बिक्री भएको छ ।
मेलामा ७० रुपैयाँ पर्ने चप्पलदेखि १० हजार रुपैयाँसम्म पर्ने जुत्ताहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएको थियो । बिक्री भन्दा पनि उत्पादन प्रबर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हुँदा मेला सफल रुपमा सम्पन्न भएको संयोजक फुयाँलको भनाई छ । मेला अवलोकनका लागी शिर्ष दलका शिर्ष नेतादेखि लिएर उच्च पदस्थ कर्मचारी, कलाकार, विद्यार्थी तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
मेलामा ७५ भन्दा बढी उद्योगका ९५ वटा स्टलहरु रहेका थिए । मेलामा उपभोक्ताई १५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा विभिन्न भेराइटीबाट रोजी-रोजी किन्न पाइने हुँदा पनि सर्वसाधारणको उपस्थिती बाक्लो हुन पुगेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.