पाँच लाख भारुसहित दुई पक्राउ !
रौतहट । रौतहटको सदरमुकाम गौरमा ५ लाख भारतिय रुपैंया सहित दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय बजार बैरगनिया बाट गौर आउँदै गरेका दुई युवकलाई प्रहरीले भन्सार चेक प्वाइन्टबाट नियन्त्रणमा लिएको हो ।
सीमावर्ती भारतिय बजार बैरगनियाबाट फर्किदै गरेका सुनसरी चाखेला-७ का ३० वषिर्य जीवन धामी चौधरी र काठमाडौंका ७ गोठाटारका गौरव चापागाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । भन्सार चेक प्वान्टमा खानतलाशीको क्रममा दुवैको साथमा रहेको रकम प्रहरीले फेला पारेको हो ।
पाँचसय दरका भारतीय नोट को १० बटा बिटा फेला परेपछि आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो । नेपालमा पाँच सय र हजार दरका भारतीय रुपैयांमा बन्देज रहेकोले यसलाई गैरकानूनी मानिन्छ ।
पक्राउ परेका दुबैले भारतीय बजारबाट कपडा किनेर काठमाण्डौमा बेच्ने उद्देश्यका साथ आएको तर, भारतीय व्यपारीले तत्काल सामान उपलब्ध नगराउने भएपछि फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।


0 comments
Write Down Your Responses