विवाहपञ्चमीमा सुरक्षा सतर्कता बढाइयो

विवाह पञ्चमी महोत्सवको अवसरमा कुनै प्रकारको उच्श्रृख्ल गतिविधि हुन नदिन सुरक्षा सर्तकता बढाएको नेपाल प्रहरी, धनुषाले जनाएको छ । विवाह पञ्चमीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट लाखौका संख्यामा दर्शनार्थीहरु जनकपुर आउने भएकाले उनीहरुलाई सेवा, सुविधाका लागि सुरक्षा सर्तकता बढाएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गोविन्द पुरीले शान्ति सुरक्षाका लागि चोक चोकमा अत्यधिक मात्रामा प्रहरी परिचालन गरेको जनाउदै केही प्रहरीलाई शादा पोशाकमा समेत खटाएको बताए ।
उनले भीडभाड नियन्त्रणका साथै शान्ति सुरक्षा प्रदान गर्न १ हजार ५ सयको संख्यामा जनपथ प्रहरी परिचालन गरिएको समेत बताए । हाल जनकपुरमा १ हजारको संख्यामा प्रहरी रहेको छ प्रहरी प्रवक्ता पुरीले भने विवाह पञ्चमीको अवसरमा सुरक्षाका लागि थप ५ सय जनपथ प्रहरी मंगाइएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक राजन भेटवालले पनि विवाह पञ्चमीमा हुने सवारी साधनको भिडभाडलाई नियन्त्रणका लागि शसक्त रुपमा प्रस्तुत भएको बताए । भेटवालले ट्राफिकलाई व्यवस्थापन गर्न ३४ जना ट्राफिक प्रहरी बाहिरको जिल्लाबाट मंगाइएको समेत जनाए ।
नेपाल, भारतका विभिन्न स्थानबाट लाखौंका संख्यामा दर्शनार्थीहरु सवारी साधन प्रयोग गरेर जनकपुर आउने भएकाले विभिन्न स्थान लगायत जनकपुर वरिपरिका सरकारी तथा प्राइभेट विद्यालयमा समेत अस्थायी पाकिङको समेत व्यवस्था गरेको उनले बताए ।

भेटवालले सम्भव भए शनिवार सवारी साधन भन्दा पैदल नै जनकपुर भरीमा यात्रा गरिदिन जनकपुर वासीमा आग्रह गर्दै मुरली चोक, कदम चोक, भानु चोक, मिल्स एरिया, वंशी चोक, थापा चोक, पिडारी चोक, रामानन्द चोक, बजरंग चोक, भ्रमरपुरा चोक लगायतका सीमा क्षेत्र भित्र साना तथा ठूला गरी सम्पुर्ण सवारी साधन प्रवेशमा निषेध गरिएको  बताए । भीडभाडलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त पारिएको उनको कथन थियो ।

भेटवालले ढल्केवरबाट आउने ठूला तथा साना सवारी साधनलाई मुजेलिया कभर्डहल कम्पाउण्डमा, जटही तर्फबाट आउने ठुला तथा साना सवारी साधनलाई माछापालन अगाडीको कुवा बजार चौरमा,भ्रमरपुरा तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई भ्रमरपुरा चोकको पश्चिम तर्फ रहेका पेट्रोल पम्पको अगाडीमा, यदूकुहा तथा पर्साही तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई पुलचोक बसपार्कमा, कपिलेश्वर पूर्व तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई कपिलेश्वर बसपार्कमा, भिठठामोड तथा जलेश्वर तर्फबाट आउने ठूला सवारी साधनलाई नयां बस पार्क र साना सवारी साधनलाई पुरानो बसपार्कमा, लोहारपटटी तथा कुर्था तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई आंखा अस्पताल अगाडीको चौरमा निःशुल्क पाकिङ गर्ने व्यवस्था मिलाएको बताए ।

यस्तै शसस्त्र प्रहरी बल मुजेलियाले समेत विवाह पञ्चमीमा शन्ति, सुरक्षाका लागि सर्तकता बढाइएको जनाएको छ । शसस्त्र प्रहरी मुजेलियाका डीएसपी दिपक विष्टले जनकपुरमा शान्ति सुरक्षाका सवालमा कुनै प्रकारको असुविधा नहोस उद्देश्यले ४ सय शसस्त्र प्रहरी बाहिरबाट मंगाइएको जनाउदै जनकपुरमा मात्र कुल ७ सयको संख्यामा शसस्त्र प्रहरी खटाइएको बताए ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.