चारपाङ्ग्रेमा १५ प्रतिशतसम्म मूल्यवृद्धि, बागमतिमा एक बर्षमै ५० हजार मोटरसाइकल
२० मंसिर, काठमाडौं । पछिल्ला ४ महिनायता चारपाङ्ग्रे सवारीमा १५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । अमेरिकी डलरको अधिमूल्यनसँगै तेस्रो मुलुकबाट आयात हुने अधिकांश सवारीको मूल्य बढेको हो ।
डलर भुक्तानी गरिने भएकाले आयातमा निर्भर नेपालको अर्थतन्त्रमा डलरको मूल्यवृद्धिले प्रत्यक्ष प्रभाव पार्छ । यही प्रभावले टोयोटा, किया, हुन्डाई, फोर्डसहित भारतीय टाटा गाडीको समेत मूल्य उकालो लागेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठका अनुसार साउनमा २९ लाख ९६ हजारमा पाइने कोरियाली हुन्डाई एसेन्ट जीएलको मूल्यमा मंसिरमा ३२ लाख ९६ हजार पुगेको छ । ‘डलर बढ्दा समग्र बजार प्रभावित हुन्छ ,’ नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का उपाध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘हुन्डाइमात्रै होइन, सबै चारपाङ्ग्रेको अवस्था यही हो ।’
पार्टपुर्जा महँगिदा भारतबाट आउने सवारीको भाउ पनि उल्लेख्य बढेको बिहीवार प्रकाशित कारोबार दैनिकले छापेको छ ।
साउनमा १५ लाख ४५ हजार पर्ने टाटा इन्डियाका एलई रिफ्रेससको मूल्य अहिले १६ लाख ४५ हजार पुगेको छ । साउनमा २१ लाख ९९ हजारमा पाइने फोर्डको फिगो जोडएक्सआईको मूल्य मंसिरमा २२ लाख २५ हजार पुगेको छ । त्यस्तै, ८९ लाख ९९ हजारमा पाइने कियाको सोरेन्टो २.२ एल अहिले १ करोड २ लाख ५० हजारमा बिक्री भइरहेको छ । ९१ लाख ८० हजार पर्ने टोयोटा रेभ फो पनि बढेर ९२ लाख ८० हजार पुगेको छ ।
नेपालमा बिक्री हुने हुन्डाई, निसान, टोयोटा, फोर्ड, फक्सवागेन, स्कोडा, पुन्जो, होन्डा, डायत्सु, माज्दालगायत ब्रान्डका गाडी तेस्रो मुलुकबाट आएका हुन्छन् । यी गाडी चीन, भारत, जापान, मलेसिया, जर्मनी, इटाली, फ्रान्सलगायत मुलुकका उत्पादन हुन् ।
उच्च भन्सारका कारण गाडीको चर्को मूल्य तिर्न बाध्य नेपाली उपभोक्तालाई डलरको अधिमूल्यनले थप चाप परेको छ । नेपालमा भारतबाहेक तेस्रो मुलुकबाट आउने गाडीको मूल्य २० लाख रुपैयाँदेखि २ करोड रुपैयाँ बढी छ ।
डलरको भाउमा उतारचढाव आइरहने तथा सरकारले पनि बर्सेनि राजस्व बढाउँदै लजानेजस्ता कारणले चालू वर्ष पनि अटो क्षेत्र धराशयी भएको व्यवसायीहरु बताउँछन् । बैंकहरुले व्याजमा केही कटौती गरे पनि अन्तःशुल्क, भन्सार र अन्य शुल्क गरी झन्डै २ सय ४० प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले सवारी साधन महँगा हुँदै गएको भन्दै उनीहरुले पुर्नविचार गर्न सरकारलाई आग्रह गर्दै आएका छन् ।
बागमतीमा एकै वर्षमा ५० हजारभन्दा बढी मोटरसाइकल थपिए
काठमाडौंमा घरभन्दा मोटरसाइकलको संख्या बढी पुगेको छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६९/७० सम्म बागमती अञ्चलभरिमा पाँच लाख ४८ हजार चारसय ३० वटा मोटरसाइकल भित्रिइका छन् । यीमध्ये अधिकांश मोटरसाइकल काठमाडौंमा चल्छन् । तर काठमाडौंमा घरधुरी संख्या भने यहाँ चल्ने मोटरसाइकल भन्दा कम छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार काठमाडौंमा चार लाख ३६ हजार तीन सय ४४ घरधुरी मात्रै छन् । पछिल्ला वर्ष मोटरसाइकल भित्रिने क्रम झनै व्यापक छ । पछिल्लो सात वर्षदेखि वाषिर्क ३० हजारभन्दा बढीका दरले मोटरसाइकल बागमतीमा भित्रएका छन् । तीमध्ये सबैभन्दा बढी आर्थिक बर्ष २०६६/६७ मा ७० हजारभन्दा बढी भित्रिएका थिए । विभागको तथ्यांक अनुसार आव २०६९/७० मा ५४ हजार ५१, २०६८/६९ मा ४४ हजार आठ सय ९४, २०६७/६८ मा ५५ हजार ६५, २०६६/६७ मा ७० हजार पाँचसय ७० मोटरसाइकल काठमाडौंमा भित्रिएका छन् । यी भन्दा अगाडि पछिल्ला सात बर्षमा पनि १० हजारभन्दा बढी मोटरसाइकल बागमतीमा भित्रिएको बिहीवार प्रकाशित अन्नपूर्ण पोष्टले छापेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन प्रसाद ढकालले काठमाडौंमा निजी सवारीसाधन भित्र्याउने प्रवृत्ति ज्यादा देखिएको बताए । मोटरसाइकलको साथसाथमा व्यक्तिगत प्रयोजनका कार भित्रने क्रम पनि तीव्र देखिएको महानिर्देशक ढकालले जानकारी दिए ।
डलर भुक्तानी गरिने भएकाले आयातमा निर्भर नेपालको अर्थतन्त्रमा डलरको मूल्यवृद्धिले प्रत्यक्ष प्रभाव पार्छ । यही प्रभावले टोयोटा, किया, हुन्डाई, फोर्डसहित भारतीय टाटा गाडीको समेत मूल्य उकालो लागेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठका अनुसार साउनमा २९ लाख ९६ हजारमा पाइने कोरियाली हुन्डाई एसेन्ट जीएलको मूल्यमा मंसिरमा ३२ लाख ९६ हजार पुगेको छ । ‘डलर बढ्दा समग्र बजार प्रभावित हुन्छ ,’ नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का उपाध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘हुन्डाइमात्रै होइन, सबै चारपाङ्ग्रेको अवस्था यही हो ।’
पार्टपुर्जा महँगिदा भारतबाट आउने सवारीको भाउ पनि उल्लेख्य बढेको बिहीवार प्रकाशित कारोबार दैनिकले छापेको छ ।
नेपालमा बिक्री हुने हुन्डाई, निसान, टोयोटा, फोर्ड, फक्सवागेन, स्कोडा, पुन्जो, होन्डा, डायत्सु, माज्दालगायत ब्रान्डका गाडी तेस्रो मुलुकबाट आएका हुन्छन् । यी गाडी चीन, भारत, जापान, मलेसिया, जर्मनी, इटाली, फ्रान्सलगायत मुलुकका उत्पादन हुन् ।
उच्च भन्सारका कारण गाडीको चर्को मूल्य तिर्न बाध्य नेपाली उपभोक्तालाई डलरको अधिमूल्यनले थप चाप परेको छ । नेपालमा भारतबाहेक तेस्रो मुलुकबाट आउने गाडीको मूल्य २० लाख रुपैयाँदेखि २ करोड रुपैयाँ बढी छ ।
डलरको भाउमा उतारचढाव आइरहने तथा सरकारले पनि बर्सेनि राजस्व बढाउँदै लजानेजस्ता कारणले चालू वर्ष पनि अटो क्षेत्र धराशयी भएको व्यवसायीहरु बताउँछन् । बैंकहरुले व्याजमा केही कटौती गरे पनि अन्तःशुल्क, भन्सार र अन्य शुल्क गरी झन्डै २ सय ४० प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले सवारी साधन महँगा हुँदै गएको भन्दै उनीहरुले पुर्नविचार गर्न सरकारलाई आग्रह गर्दै आएका छन् ।
बागमतीमा एकै वर्षमा ५० हजारभन्दा बढी मोटरसाइकल थपिए
काठमाडौंमा घरभन्दा मोटरसाइकलको संख्या बढी पुगेको छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६९/७० सम्म बागमती अञ्चलभरिमा पाँच लाख ४८ हजार चारसय ३० वटा मोटरसाइकल भित्रिइका छन् । यीमध्ये अधिकांश मोटरसाइकल काठमाडौंमा चल्छन् । तर काठमाडौंमा घरधुरी संख्या भने यहाँ चल्ने मोटरसाइकल भन्दा कम छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार काठमाडौंमा चार लाख ३६ हजार तीन सय ४४ घरधुरी मात्रै छन् । पछिल्ला वर्ष मोटरसाइकल भित्रिने क्रम झनै व्यापक छ । पछिल्लो सात वर्षदेखि वाषिर्क ३० हजारभन्दा बढीका दरले मोटरसाइकल बागमतीमा भित्रएका छन् । तीमध्ये सबैभन्दा बढी आर्थिक बर्ष २०६६/६७ मा ७० हजारभन्दा बढी भित्रिएका थिए । विभागको तथ्यांक अनुसार आव २०६९/७० मा ५४ हजार ५१, २०६८/६९ मा ४४ हजार आठ सय ९४, २०६७/६८ मा ५५ हजार ६५, २०६६/६७ मा ७० हजार पाँचसय ७० मोटरसाइकल काठमाडौंमा भित्रिएका छन् । यी भन्दा अगाडि पछिल्ला सात बर्षमा पनि १० हजारभन्दा बढी मोटरसाइकल बागमतीमा भित्रिएको बिहीवार प्रकाशित अन्नपूर्ण पोष्टले छापेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन प्रसाद ढकालले काठमाडौंमा निजी सवारीसाधन भित्र्याउने प्रवृत्ति ज्यादा देखिएको बताए । मोटरसाइकलको साथसाथमा व्यक्तिगत प्रयोजनका कार भित्रने क्रम पनि तीव्र देखिएको महानिर्देशक ढकालले जानकारी दिए ।

0 comments
Write Down Your Responses