म्यानपावर व्यवसायीले घेरे अध्यागमन विभाग वैदेशिक रोजगारीमा 'इ-भिसा'लाई मान्यता दिन आग्रह

वैदेशिक रोजगार विभागले विदेश जान अन्तिम स्वीकृति दिए पनि अध्यागमन विभागले रोकेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलित भएका छन् । दुबईको सरकारी कम्पनी इमिरेट्स पेट्रोलियम प्रोडक्ट कम्पनी (इप्को) लगायतका कम्पनीमा काम गर्न रोजगार विभागबाट अन्तिम स्वीकृति लिएर एयरपोर्ट पुगेका कामदारलाई अध्यागमन विभागले रोकेपछि म्यानपावर व्यवसायीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
Birodh
दुबईमा ई-भिसा मार्फत काम गर्न जान लागेका नेपाली कामदारहरुलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट फिर्ता पठाएपछि विवाद बढेको हो । ई-भिसाबाट जान लागेका कामदारको अध्यागमन सिष्टममा सम्पूर्ण विवरण नभेटिएपछि फिर्ता गरिएको विभागका महानिर्देशक शरदचन्द्र पौडेलको भनाइ छ ।
अध्यागमनले सोमबार दिउँसो २ बजेसम्म झण्डै ३ सयको हाराहारीमा कामदार फिर्ता गरेको व्यवसायीहरुले बताएका छन् । विनाकारण अध्यागमन विभागले कामदारलाई रोकेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले सोमबार कालिकास्थानस्थित अध्यागमन विभागमा कालोपट्ट िबाँधेर विरोध जनाएका छन् ।
व्यवसायीहरुले महानिर्देशक पौडेललाई भेटेर कामदारलाई छाडिदिन आग्रह गरे पनि महानिर्देशकले प्रकृया नमिल्दासम्म छाड्न नमिल्ने बताउनुभएको थियो । महानिर्देशकको त्यस्तो प्रतिकृयापछि व्यवसायीहरु आक्रोसित बनेका थिए । व्यवसायीहरु कालो ब्यानर लिएर अध्यागमन विभागमा आएका थिए । ई-भिषा लिएर एकैपटक एयरपोर्ट पुगेका ६० जना कामदारमध्ये ३ जनालाई विदेश जान अनुमति दिइएको तर ५७ जना फर्काइएको बताउँदै व्यवसायीहरुले यसबाट कर्मचारीको नियत झल्किने आरोप लगाएका छन् ।
Imigration-Gherau
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले अध्यागमनका कर्मचारी रातारात धनी बन्न खोज्दा व्यवसायीहरु समस्यामा परेको गुनासो गर्नुभयो । विभागका महानिर्देशक पौडेल भने व्यवसायीहरुको आरोप ठाडै अस्वीकार गर्नुहुन्छ । कर्मचारीबाट कुनै गल्ती नभएको बताउँदै उहाँले कामदारको कागजपत्र नपुगेर अध्यागमनले रोकेको भनाइ छ । दुबईका कम्पनीहरुले पठाएको ई-भिषामा त्यस्तो समस्या देखिएको हो ।
‘वैदेशिक रोजगार विभागले कागजपत्र पुग्यो, काम गर्न जाउ भन्छ, अध्यागमन विभागले कागजपत्र पुगेन जान पाउँदैनौ भन्छ’ संघका अध्यक्ष तामाङले भन्नुभयो- ‘दुई फरक-फरक मन्त्रालयअन्तर्गतका विभागहरु छुट्टा-छुट्टै सरकार जस्ता देखिए ।’
पछिल्लो समय विदेशी कम्पनीहरुले ई-भिषा पठाउन थालेको बताउँदै तामाङले एक्काइसौं शताब्दीमा पनि पुरानै ढर्रामा चल्छु भन्नु मूर्खता भएको बताउनुभयो । ई-भिषाको सक्कल कागज कम्पनीमै हुने हुँदा आफुहरुले देखाउन नसक्ने व्यवसायीको भनाइ छ । तर, भिसा नम्बर राखेर सिष्टममा हेरेपछि सबै प्रमाण देखिने उनीहरुको दाबी छ ।
अध्यागमन विभागले कामदारहरुसँग बार्गेनिङ गरेको बताउँदै उहाँले ई-भिषामात्र नभई अर्को भिषा लिएर गएका कामदारलाई पनि फर्काउने गरेको आरोप लगाए । विभागका कर्मचारीहरु पैसामा बार्गेनिङ गर्ने गरेको आरोप व्यवसायीहरुले लगाइरहँदा कर्मचारीहरुले भने व्यवसायीहरुले नक्कली भिषा देखाएर कामदार विदेश पठाउन लागेको आरोप लगाउँछन् ।
कामदारले टिकट काटिसकेको हुने हुँदा त्यसको भार व्यवसायीहरुले बोक्नुपर्ने गुनासो छ । सरकारले स्वदेशमा रोजगारको व्यवस्था पनि गर्न नसक्ने र विदेश काम गर्न जान लागेकाहरुलाई पनि विभिन्न कारण देखाई रोकेर दुःख दिने गरेको संघका अध्यक्ष तामाङले गुनासो गर्नुभयो । सरकारले रोजगारीका अवसर सिर्जना गरिदिने हो भने त हामीले नेपाली कामदारलाई विदेश पठाउने हैन, विदेशी कामदारलाई नेपालमा भित्राउथ्यौं, उहाँले भन्नुभयो ।
“म्यानपावर व्यवसायीले
- See more at: http://www.onlinekhabar.com/2013/12/141383/#sthash.f567yLH2.dpuf

0 comments

Write Down Your Responses

Powered by Blogger.