चार झोले विद्यालय कार्वाहीमा
धनुषामा संचालनमा रहेको विद्यालयहरु मध्ये अधिकांश झोले विद्यालय पाइएको छ । जिल्ला शिक्षा कार्यालय, धनुषाले आइतवार गरेको छड्के निरिक्षणका क्रममा अधिकांश विद्यालयहरु झोले पाइएको हो । चुनाव सकिए लगतै शिक्षा कार्यालयले विद्यालयहरुमा छड्के निरिक्षणलाई तिव्रता दिएको छ ।
शिक्षा अधिकारी उपेन्द्र मण्डलको नेतृत्वमा गएको टोलीले ठेरा गाविस ९ मा अवस्थित रा.प्रा. विद्यालयमा निरिक्षण गर्दा उक्त विद्यालयको कामकाज झोले रुपमा हुंदै आएको छ । २०६६ सालमा स्थापित विद्यालयमा शिक्षा कार्यालयबाट सेवा, सुविधाहरु निकासा भएपनि झोले रुपमा प्रमाणित भएको छ ।
निरिक्षणका क्रममा छाप्रोको रुपमा देखिने विद्यालयमा बांस,दाउरा, टायर गाडा आदि राखेको पाइएको थियो ।
शिक्षा अधिकारी मण्डलका अनुसार धनुषाधाम वडा नं. ६ मा अवस्थित जनता मावि पनि झोले विद्यालयको रुपमा पाइएको छ । शिक्षा कार्यालयबाट सेवा, सुविधाहरु निकाशा भएपनि विद्यार्थीको कुनै रेकर्ड पाइउन ।
यस्तै गाविस ठिला, यदुवा वडा नं. ३ मा अवस्थित जनता रा.प्रा. विद्यालय पनि झोले पाइएको छ । उक्त विद्यालयका प्रअ शिव शंकर यादवले सेवा सुविधाको नाममा शिक्षा कार्यालयबाट रकम निकासा गर्दै आएको छ । विद्यालयमा कहिल्यै पनि पठन पाठन नभएको स्थानियहरुको भनाई उदृत गर्दै शिक्षा अधिकारी मण्डलले जनकपुर टुडेलाई बताए ।
छड्के निरिक्षणका क्रममा मुसहरी टोल वडा नं. ८, बालाबाखरमा अवस्थित जनता दलित रा.प्रा. विद्यालय पनि झोले पाइएको छ । विद्यालयका प्रअ. सूर्य यादवले सेवा सुविधाको नाममा शिक्षा कार्यालयबाट रकम निकासा गर्दै आएपनि कामकाज कागजमा मात्र सिमित देखिएको शिक्षा अधिकारी मण्डलले बताए । नदीको किनारमा खोलिएको विद्यालय छाप्रो जस्तो मात्र देखिएको छ ।
यस्तै रा.प्रा. विद्यालय सिसमपुरमा ८ शिक्षक कार्यरत रहेपनि प्रअ. बुधन साह विद्यालयमा अनुपस्थित देखिएको थियो । शिक्षा अधिकारी मण्डलका अनुसार विद्यालयका प्रअ बुधन साह तलव, भत्ता खाएपनि विद्यालयमा विगत १० वर्ष देखि अनुपस्थित देखिएको छ । हाजिरी रजिष्टरमा ४ सय विद्यार्थीको नाम रेकर्ड भएपनि २५ जना विद्यार्थी मात्र विद्यालयमा उपस्थित थिए ।
यस्तै खैरवोनामा अवस्थित रा.नि.मा.विद्यालय १ देखि ८ सम्मको पढाई दुईवटा कोठामा हुने गरको पाइएको छ । विद्यालयमा कक्षा कोठाको संख्या ८ वटा भएपनि विद्यार्थी कमै मात्रामा आउने गरेका कारणले दुई वटा कोठामै पढाउने गरेको पाइएको शिक्षा अधिकारी मण्डलले बताए । विद्यालय भरीमा कुल २९ जना विद्यार्थी मात्र उपस्थित देखिएको थियो । विद्यालयमा १४ वटा शिक्षक कार्यरत भएपनि दुई जना शिक्षक बाहेक अन्य शिक्षकहरु कार्यालयमा कुरा छाट्नमा व्यस्त देखिएका थिए भने शिक्षक रामकिशोर साह अनुपस्थित थियो ।
निरिक्षणका क्रममा रघुनाथपुर वडा नं. ९, शंकरपुरमा अवस्थित रा.प्रा.विद्यालय बन्द थियो । भत्केको अवस्थामा पाइएको उक्त विद्यालय बन्द अवस्थामा पाइएपछि निरिक्षण टोली फर्केका थिए ।
यस्तै प्रअ श्रीकिसुन दास रहेको प्रावि भठियन र वेमखीखाल वडा नं. ४ मा अवस्थित रा.प्रा.विद्यालय बन्द अवस्थामा पाइएको थियो । उक्त विद्यालयका प्रअ शिवशंकर यादवले सेवा सुविधा प्राप्त गर्दै आएको पाइएको छ ।
यस्तै मुक्ता यादव प्रअ. रहेको रा.प्रा.विद्यालय रामनगर, लक्ष्मीपुर विद्यालय समेत बन्द अवस्थामा पाइएको थियो भने मावि ठिल्ला सबैलामा दिउंसो करिव २ बजे निरिक्षण गर्न जांदा विद्यालय बन्द गरी प्रअ तथा शिक्षकहरु घर गैरहेको पाइएको थियो । उक्त विद्यालयको हाजिरी रजिष्टर खोसिएको शिक्षा अधिकारी मण्डलले बताए ।
शिक्षा अधिकारी मण्डलले छडके निरिक्षण क्रममा पाइएका झोले विद्यालयका साथै अनुपस्थित देखिएका शिक्षकदेखि प्रअसम्मलाई शिक्षा ऐन नियमावली अनुसार विभागीय कारवाही गर्ने जनाए । उनले कारवाही प्रक्रियाबाट कोही पनि पन्छिन नसक्ने बताउदै छडके निरिक्षणको कार्यक्रम जारी नै रहने बताए ।

आफ्नो मत व्यक्त गर्नुहोस्

0 comments
Write Down Your Responses